शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

देउवा निस्किएलगत्तै ओलीको कार्यकक्षमा प्रचण्ड

बिहीबार, १२ फागुन २०७८, १७ : ११
बिहीबार, १२ फागुन २०७८

सत्तारुढ दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।  एमसीसीबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएपछि प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ । 

नयाँबानेश्वरस्थित संसद भवनमा रहेको ओलीको कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भयो । देउवा निस्किएलगत्तै माओवादी केन्द्र अध्यक्ष प्रचण्ड ओलीको कार्यकक्षमा पुगेर भेटवार्ता भैरहेको प्रचण्डको सचिवालयले जनाएको छ । एमसीसी, संसदको गतिरोध अन्त्यसहितका विषयमा शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप