देउवा निस्किएलगत्तै ओलीको कार्यकक्षमा प्रचण्ड
बिहीबार, १२ फागुन २०७८, १७ : ११
सत्तारुढ दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । एमसीसीबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएपछि प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा रहेको ओलीको कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भयो । देउवा निस्किएलगत्तै माओवादी केन्द्र अध्यक्ष प्रचण्ड ओलीको कार्यकक्षमा पुगेर भेटवार्ता भैरहेको प्रचण्डको सचिवालयले जनाएको छ । एमसीसी, संसदको गतिरोध अन्त्यसहितका विषयमा शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
