संसद्मा एमसीसीमाथि छलफल हुनअघि देउवा र प्रचण्डबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच एमसीसीका सन्दर्भमा करिब १ घण्टा छलफल भएको हो ।
आज बिहान नेकपा एकीकृत समाजवादी र जसपाका नेतासँगको छलफल सकिए लगत्तै प्रचण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न पुगेका थिए । आइतबार संसद्मा टेबल भएको एमसीसीमाथि आज छलफल सुरु हुँदै छ । माओवादी र एकीकृत समाजवादी एमसीसी पास गर्न नहुने पक्षमा छन् भने काँग्रेसले कुनै हालतमा पास गर्ने अडान लिएको छ । यसले सत्ता गठबन्धनको भविष्यमा सङ्कट उत्पन्न भएपछि नेताहरूबीच भेटघाटले तीव्रता पाएको छ ।
बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँण प्रचण्डको निवासमा पुगेका थिए भने सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए । काँग्रेसले एमसीसी पास गर्ने रणनीति अनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद अगाडि बढाएपछि प्रचण्ड झस्किएको अवस्था छ । गठबन्धन कायम राखेर एमसीसीको निकास खोज्न सत्तारुढ दलका नेताहरू लागिपरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा
-
निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस