शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसदमा एमसीसीको विपक्षमा उभिन्छौ : झलनाथ खनाल

बिहीबार, १२ फागुन २०७८, १० : ५७
बिहीबार, १२ फागुन २०७८

माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा उभिने भएका छन् । प्रतिनिधि सभामा आजबाट एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदैछ । त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनालबीच बिहीबार बिहान भएको छलफलमा दुवै दलका सांसदहरु एमसीसीको विपक्षमा एकताबद्ध भएर उभिने सहमति भएको हो । 

‘एमसीसीमाथि प्रतिनिधिसभामा आजबाट छलफल हुँदैछ । संशोधनबिना एमसीसी अनुमोदन गर्न नहुने हाम्रो मत रहँदै आएको छ । यो अवस्थामा संसदमा कसरी पेश हुने र मत विभाजन भए के गर्ने भन्नेबारेमा छलफल भयो’, प्रचण्डसँगको छलफलपछि नेता खनालले भने, ‘हामी एमसीसीको विपक्षमा एकतावद्ध भएर उभिन सहमत भयौं ।’

माओवादी र एकीकृत समाजवादीमा एमसीसीको विपक्षमा उभिन शीर्ष नेताहरूमाथि चर्को दवाव छ । तर गठबन्धनमा रहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग मागिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप