संसदमा एमसीसीको विपक्षमा उभिन्छौ : झलनाथ खनाल
माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा उभिने भएका छन् । प्रतिनिधि सभामा आजबाट एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदैछ । त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनालबीच बिहीबार बिहान भएको छलफलमा दुवै दलका सांसदहरु एमसीसीको विपक्षमा एकताबद्ध भएर उभिने सहमति भएको हो ।
‘एमसीसीमाथि प्रतिनिधिसभामा आजबाट छलफल हुँदैछ । संशोधनबिना एमसीसी अनुमोदन गर्न नहुने हाम्रो मत रहँदै आएको छ । यो अवस्थामा संसदमा कसरी पेश हुने र मत विभाजन भए के गर्ने भन्नेबारेमा छलफल भयो’, प्रचण्डसँगको छलफलपछि नेता खनालले भने, ‘हामी एमसीसीको विपक्षमा एकतावद्ध भएर उभिन सहमत भयौं ।’
माओवादी र एकीकृत समाजवादीमा एमसीसीको विपक्षमा उभिन शीर्ष नेताहरूमाथि चर्को दवाव छ । तर गठबन्धनमा रहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग मागिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वपत्नीलाई ६४ करोड डलर तिर्न एसके समूहका अध्यक्षलाई अदालतको आदेश
-
एक वर्षमा काठमाडौँमा २३ सय २५ साइबर ठगीका घटना
-
भेलाको तयारीबारे छलफल गर्न कांग्रेस इतर समूहको बैठक बस्दै
-
वरुण बेभरेजमा सरकारी छापा : सेभेन अपको उत्पादन र बिक्री वितरणमा रोक्न निर्देशन
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद तेस्रो पटक थपियो
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृत २० हजार धरौटीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण