भक्तपुरबाट चिनियाँ नागरिकसहित ८० जना पक्राउ

काठमाडौँ । भक्तपुरको सानोठिमीबाट प्रहरीले १ जना चिनियाँ नागरिकसहित ८० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिकले सञ्चालन गरेको सानोठिमी स्थित ‘कल सेन्टर’मा काम गर्ने नेपाली कर्मचारी छन् ।
सानोठिमीमा ३ तले घर भाडामा लिएर सञ्चालन गरिएको कल सेन्टरमार्फत मिटर ब्याजमा भारतीयलाई लगानी गर्ने गरेको अनुसन्धानबाट थाहा भएको भक्तपुर परिसरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । नेपाली कर्मचारीलाई चिनियाँ नागरिकले १५ देखी २० हजार तलब दिएर जागिर दिएका थिए । भक्तपुरको कल सेन्टरबाट प्रहरीले ४८ वटा ल्यापटप र १४ वटा कम्प्यूटर डेस्कटप बरामद गरेको छ ।
सोमबार साँझ काठमाडौँ प्रहरीले पुरानो बानेश्वरबाट १ चिनियाँ सहित ३७ जनालाई पक्राउ गरेको थियो ।
कसरी ब्याज लिन्थे ?
भारतमा बस्ने एजेन्टले एप्स मार्फत लोन फर्म भराउँथे । फर्म भर्दा मोबाइल नम्बर सहित व्यक्तिको विस्तृत विवरण भर्नुपर्छ । त्यसपछि ‘कल सेन्टर’ले एप्स मार्फत १ साताको लागी मिटर ब्याजमा पैसा लगानी गर्ने गरेका थिए ।
प्रारम्भिक अनुसन्धानमा ८ हजार लगानी गरेर १२ हजार भारतीय रुपैयाँ सम्म लिने गरेको खुल्न आएको डिएसपी पाण्डेले बताए । ‘पैसा इस्यू गर्दा नै एक सातालाई दिने गरेको थाहा भएको छ’ डिएसपी पाण्डे भन्छन्–‘अनि एक सातापछि उठाउँदा चर्को ब्याज लिने गरेको थाहा भएको छ ।’
एक हप्तामा लोन फिर्ता नगरेमा कल सेन्टरका कर्मचारीहरूले गाली गर्ने र मार्ने धम्की दिने गरेका थिए । चिनियाँ नागरिकको आदेश अनुसार कर्मचारीले फेसबुकमा लोन लिनेहरूको बेइज्जतीपूर्ण सामग्री पोष्ट गर्थे । सोसल साइट मार्फत सम्पर्क गरेर उनीहरूले रकमको ट्रान्जेक्सन कसरी गर्थे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको आर्थिक वृद्धिले राष्ट्रिय तथ्याङ्कलाई उछिन्यो, नागरिकको आम्दानी पनि बढ्यो
-
तीनकुने प्रकरण : ८० औँ दिनमा डिस्चार्ज भइन् रेबिका, अझैँ ‘बेड रेस्ट’ मा
-
दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास
-
आज पास होला त सङ्घीय निजामती विधेयक ?
-
२ बुँदे सहमति कार्यान्वयनबारे सभामुख र गृहमन्त्रीबिच छलफल
-
मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध