पुरानो बानेश्वरको कल सेन्टरबाट ३७ जना पक्राउ*
काठमाडौंको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना नेपाली र १ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । गएराति उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले रातोपाटीलाई जानकारी दिए । पक्राउ पर्नेमा एकजना चिनियाँ नागरिक, १३ जना नेपाली महिला र अरु नेपाली पुरुष छन् । पुरानो बानेश्वरमा रहेको ‘लेमन कल सेन्टर’बाट उनीहरु पक्राउ परेका हुन् ।
सो कल सेन्टर चिनियाँको लगानीमा सिन्धुली घर भएका दीपक श्रेष्ठको नाममा दर्ता भएको छ । दीपक श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । पहिले कल सेन्टरमा काम गर्ने दिपक मार्फत लगानी गरेर चिनियाँले अनलाईन एप्स मार्फत भारतीय नागरिकहरुलाई ‘लोन’ सापटी दिने गरेका थिए । ६ दिनसम्म भारतिय रुपैयाँ २ देखी ७ हजार लगानी गर्ने र सो समयभित्र नतिरेमा ‘मिटर ब्याज’ असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
एआईजी पालका अनुसार चिनियाँ नागरिकले राखेका कर्मचारीले पैसा नदिने भारतीयलाई ह्वाट्स एपमार्फत ब्ल्याकमेल गर्ने गरेका थिए । सातौ दिनमा पैसा फिर्ता नगरेमा उनिहरुले ५ देखी ११ हजारसम्म उठाउँथे ।
*प्रहरीको जानकारी अनुसार यसअघि प्रकाशित समाचारमा अन्यथा हुन गएकाले अध्यावधिकसहित सच्याइएको छ–सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण