शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पुरानो बानेश्वरको कल सेन्टरबाट ३७ जना पक्राउ*

मङ्गलबार, १० फागुन २०७८, १० : ०५
मङ्गलबार, १० फागुन २०७८

काठमाडौंको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना नेपाली र १ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । गएराति उनीहरुलाई पक्राउ गरिएको महानगरीय  प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले रातोपाटीलाई जानकारी दिए । पक्राउ पर्नेमा एकजना चिनियाँ नागरिक, १३ जना नेपाली महिला र अरु नेपाली पुरुष छन् । पुरानो बानेश्वरमा रहेको ‘लेमन कल सेन्टर’बाट उनीहरु पक्राउ परेका हुन् ।

सो कल सेन्टर चिनियाँको लगानीमा सिन्धुली घर भएका दीपक श्रेष्ठको नाममा दर्ता भएको छ । दीपक श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । पहिले कल सेन्टरमा काम गर्ने दिपक मार्फत लगानी गरेर चिनियाँले अनलाईन एप्स मार्फत भारतीय नागरिकहरुलाई ‘लोन’ सापटी दिने गरेका थिए । ६ दिनसम्म भारतिय रुपैयाँ २ देखी ७ हजार लगानी गर्ने र सो समयभित्र नतिरेमा ‘मिटर ब्याज’ असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

एआईजी पालका अनुसार चिनियाँ नागरिकले राखेका कर्मचारीले पैसा नदिने भारतीयलाई ह्वाट्स एपमार्फत ब्ल्याकमेल गर्ने गरेका थिए । सातौ दिनमा पैसा फिर्ता नगरेमा उनिहरुले ५ देखी ११ हजारसम्म उठाउँथे ।

*प्रहरीको जानकारी अनुसार यसअघि प्रकाशित समाचारमा अन्यथा हुन गएकाले अध्यावधिकसहित सच्याइएको छ–सम्पादक 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप