नेताहरुले पार्टी छाडेपछि बस्यो लोसपाको बैठक
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) छाडेर केही नेता हिँडेपछि सो पार्टीको बैठक बसेको छ । लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल र अर्का नेता डा.विजय सिंहलगायतका नेताहरु पार्टी छाडेर नव गठित तराई मधेश लोकतान्त्रिक पार्टी नेपालमा प्रवेश गरेका छन् । उनीहरु पार्टी छाडेर हिँडेपछि लोसपाको शीर्ष नेताहरुको बैठक पार्टी कार्यालय बबरमहलमा बसिरहेको हो ।
यसअघि पटक पटक बैठकका लागि प्रयास भइरहे पनि सम्भव भइरहेको थिएन । पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रदेश, जिल्ला तथा स्थानीय तहमा मनोनयन गर्दा वरिष्ठ नेता राजेन्द्र महतो असन्तुष्टि जनाउँदै आएका थिए । अन्तरिक द्वन्द्वकै कारणपार्टीको बैठक बसिरहेको थिएन । बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अर्का वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र सर्वेन्द्रनाथ शुक्लालगायत सहभागी रहेका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार देशको समसामयीक राजनीतिक अवस्था, एमसीसी, पार्टी समायोजन, चुनावलगायतका विषयमा छलफल भइरहेको छ । लोसपाले यसअघि नै एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । जनता समाजवादी पार्टीको जस्तो लोसपामा एमसीसीलाई लिएर कुनै विवाद छैन । एमसीसीको पक्षमा मतदान गर्ने विषयमा पार्टीमा एकमत छ ।
कार्यकारिणी सदस्य जितेन्द्र सोनलले लोकतन्त्रमा सबैको आआफ्नो स्वतन्त्रता हुने भन्दै पार्टीमा आउने जाने क्रम चलिरहने बताए । केही नेताले छाडेर गएपनि पार्टीलाई खासै असर नपर्ने उनले बताए । उनले भने, पार्टीबाट जाने र प्रवेश गर्ने क्रम निरन्तर चलिरहन्छ, कसैलाई जाने इच्छा हुन्छ भने रोक्न सकिँदैन, बरु आउनेलाई ल्याउने कि नल्याउने कुरा हुन्छ । तर जानेलाई रोक्न सकिँदैन यही हो लोकतन्त्रको पहिचान ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
