शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

संसद्‍‍भित्र प्रतिपक्षीको नाराबाजी, बाहिर सत्तापक्षकै आन्दोलन

आइतबार, ०८ फागुन २०७८, १४ : १३
आइतबार, ०८ फागुन २०७८

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसद रोस्टम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै निरन्तर संसद्मा अवरोध गर्दै आएको छ । 

यहीबीचमा एमाले सांसद भीम रावलले एमसीसी पेस गर्न लगिएकोमा विरोध जनाएका छन् । यसअघि माओवादी प्रमुख सचेतक देव गुरुङले पनि सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका थिए । यस्तै नेमकिपाका सांसद प्रेम सुवाल, जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि एमसीसीको विरोध गर्दै खारेज गरिनुपर्ने माग गरे । 

संसद् तनावका बीच चलिरहँदा संसद् भवन बाहिर बानेश्वरमा सत्तारुढ दलकै भ्रातृ संगठनले प्रदर्शन गरेका छन् । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल र अखिल क्रान्तिकारीका साथै नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियूले पनि एमसीसीको विरोधमा प्रदर्शन गरेको छ।  प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्यासको प्रयोग गरेको छ । एमसीसी विवादका बीच सरकारले आज प्रतिनिधिसभामा टेबल गर्न लागेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप