शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा एमालेको नाराबाजी

आइतबार, ०८ फागुन २०७८, १४ : ००
आइतबार, ०८ फागुन २०७८

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसद रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।

तर, एमाले सांसद भीम रावलले एमसीसी पेस गर्न लागिएकोमा विरोध जनाएका छन् । यसअघि माओवादी प्रमुख सचेतक देव गुरुङले पनि सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका थिए । 

एमालेले माधवकुमार नेपालसहित १४ जना गरेको कारबाहीअनुसार सांंसदबाट पदमुक्त गर्न माग गर्दै २३ भदौबाट संसद अवरुद्ध गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप