आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

रेखाको विवाहको  विषयमा पूर्वपति छविराजले भने- ‘उहाँको विवाहको खबरले खुसी लाग्यो’

सोमबार, ०२ फागुन २०७८, २० : १८
सोमबार, ०२ फागुन २०७८

नायिका रेखा थापाका विवाहप्रति उनका पूर्वपति छविराज ओझाले खुसी व्यक्त गरेका छन् । रेखाको विवाहको खबर सुनेलगत्तै आफुलाई खुसी लागेको उनले प्रतिक्रिया दिए । छविले रातोपाटीसँगको कुराकानीमा भने, ‘मैले भर्खर समाचार हेरेर उनको विवाह थाहा पाए । उहाँले  आफ्नो जीवन साथी चुन्नु भएछ, म एकदमै खुसी छु ।’

छविले रेखालाई वैवाहिक जीवनको शुभकामना दिँदै बधाई समेत दिएका छन् । उनले भने, ‘मैले भर्खर विवाहको बधाई पनि दिए । हामी छुट्टिएको धेरै समय भैसकेको थियो । उहाँ एक्लै हुनुहुन्थ्यो । बल्ल जीवन साथी पाउनुभयो ।’ 
विवाहपछि रेखाको जीवन अझ सहज हुने छविले विश्वास व्यक्त गरे ।

आइतबार नायिका थापाले काठमाडौं जिल्ला अदालतमा केही पहिले नै कानुनी रुपमा जाजरकोटका बलराम शाहीसँग बिहे गरेको खबर बाहिर आएको थियो ।  बलराम अमेरिका निवासी व्यवसायी हुन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप