शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

गुपचुप बिहे गरेपछि यस्तो आयो रेखा थापाको प्रतिक्रिया

सोमबार, ०२ फागुन २०७८, १९ : ३१
सोमबार, ०२ फागुन २०७८

गुपचुप रुपमा विवाह गरेकी अभिनेत्री रेखा थापाले आफूलाई तामझाममा विश्वास नभएको बताएकी छन् । उनले तामझामका साथ बिहे नगर्ने भनेर पहिले नै भनेको स्मरण गर्दै सोही अनुसार व्यक्तिगत मामिलाबारे सार्वजनिक नगरेको पनि बताइन् । 
रातोपाटीसँग कुरा गर्दै रेखाले भनिन्, ‘विवाह मेरो व्यक्तिगत कुरा भएकोले अहिले  सार्वजनिक नगर्ने सोच थियो । कसोकसो बाहिर आएछ । मैले पहिले भनेको थिएँ। विवाह तामझाम गर्दिनँ । त्यही अनुसार विवाह गरेँ ,’

रेखाले कोट म्यारिजनै आफ्नो आधिकारीक विवाह भएको बताइन् । उनले काठमाडौं जिल्ला अदालतमा केही पहिले नै कानुनी रुपमा जाजरकोटका बलराम शाहीसँग बिहे गरेकी हुन् । बलराम अमेरिका निवासी व्यवसायी हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप