‘काउन्टर महाभियोग’ को तयारी : एमालेले थाल्यो हस्ताक्षर सङ्कलन
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता पक्षका ९८ सांसदले आइतबार महाअभियोग दर्ता गरेको भोलिपल्ट त्यसको प्रत्युत्तरमा नेकपा एमाले ‘काउन्टर महाअभियोग’ को तयारी गरेको छ । विशेष गरी सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलनको गृहकार्य थालेको छ ।
सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको एमालेले त्यहीँबाट हस्ताक्षर सङ्कलन गर्ने र महाभियोगको प्रस्ताव तयार पार्ने तयारी गरिरहेको एमालेका एक नेताले बताए । संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन एमालेले आइतबार नै आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ ।
आइतबार साँझ पार्टी अध्यक्ष केपी ओलीको निवासमा बसेको एमाले सचिवालयको बैठकले चोलेन्द्रशमशेर जबरामाथि लागेको महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो । सोही प्रतिवादको तयारीका लागि एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको हो ।
उता सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका छन् । सभामुखले बोलाएको बैठक बहिस्कार गर्ने निर्णय गरेको एमालेले २ बजे अगाडि नै सभामुखविरुद्ध संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको एमालेको उच्च स्रोतले जानकारी दियो ।
त्यसो त सांसदहरूको हस्ताक्षर सङ्कलन गर्न लागिए पनि क–कसलाई महाअभियोग लगाउने भन्नेबारे अहिलेसम्म प्रस्ट नभएको एमालेका एक सांसदले बताए । उनले भने, ‘फ्रेस हस्ताक्षर सङ्कलन गर्ने भनिएको छ, तर सभामुखमाथि मात्र महाअभियोग लगाउने हो कि चार न्यायाधीशमाथि लगाउने नेताहरूले स्पष्ट बताएका छैनन् ।’
त्यसो त एमालेले केही महिना अगाडि पनि सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको थियो । तर, त्यो सूचीमा हाल एकीकृत समाजवादीतिर लागेका जीवनराम श्रेष्ठहरूको समेत नाम रहेकाले नयाँ कागजमा हस्ताक्षर सङ्कलन गर्न लागिएको एमालेका एक नेताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
