बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

शुक्रबार, २८ माघ २०७८, ०८ : ४१
शुक्रबार, २८ माघ २०७८

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) पनि बस्दैछ । बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, एमसीसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ । 

बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

काँग्रेसमा एमसीसी पास गर्नेबारे एकमत रहेको छ । विहीबार बोल्ने सबै नेताले एमसीसी पास गर्नुपर्नेमा जोड दिएका थिए । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप