एमसीसीबारे अर्थमन्त्रीले शर्माले मुख खोले
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ( एमसीसी) का सन्दर्भमा देशमा चर्को बहस भइरहेको छ । यस सन्दर्भमा माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्माले भने खासै सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् । तर, विहीबार आयोजित एक कार्यक्रममा मन्त्री शर्माले एमसीसीबारे मुख खोलेका छन् ।
मन्त्री शर्मा आवद्ध पार्टी नेकपा माओवादी केन्द्रले संशोधनविना एमसीसी पारित गर्न नहुने संस्थागत निर्णय नै गरिसकेको अवस्था छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भने एमसीसी पारित गर्ने प्रयास गरिरहेका छन् । यो स्थितिमा देउवाको क्याबिनेटमा रहेका मन्त्री शर्माले एमसीसीको विरोधमा बोल्न मिल्ने अवस्था छैन । पार्टीको निर्णयको विरुद्ध बोल्ने अवस्थामा पनि शर्मा छैनन् । यही दोहोरो बाध्यताका बीच शर्मा एमसीसीबारे मौन रहँदै आएका थिए ।
बिहीबार सिंहदरबारमा आर्थिक वर्ष २०७८/०७९ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मन्त्री शर्माले एमसीसी उर्जा क्षेत्रको एउटा परियोजना भएता पनि राजनीतिकरण भएको बताए । यसबारे सरकारले दलरुबीच राष्ट्रिय सहमति जुटाउने प्रयास गरिरहेको उनले बताए ।
अर्थमन्त्री शर्माले भने, ‘एमसीसी एउटा परियोजनका हिसाबले उर्जा क्षेत्रमा, काम गर्ने भन्ने छँदैछ । यो मुद्दा राजनीतिकृत भएर राजनीतिक पार्टीहरूका बारेमा छलफल भइराखेको छ र निष्कर्षतिर लैजानुपर्छ भन्ने राजनीतिक दलहरूका बीचमा राष्ट्रिय सहमति निर्माणका लागि छलफल अघि बढिरहेको हुनाले सरकारले नै यसतर्फ प्रयास गरिरहेको छ ।’
मन्त्री शर्माले अगाडि भने, ‘अर्थमन्त्रीको हिसाबले मात्रै भन्दा पनि सरकार र सम्माननीय प्रधानमन्त्रीजीले गरिरहेको प्रयास नै त्यतातिर गइरहेको हुनाले त्यो प्रयासबाट एउटा निश्कर्ष निस्कन्छ भन्ने विश्वासमा म छु । अर्थमन्त्रीको हिसाबले मैले भन्नुपर्ने कुरा यो हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

