किसानको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने जनमत पार्टीको चेतावनी

जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध खडा गर्ने चेतावनी दिएका छन् । अघिल्लो दिन निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई सर्कुलर गरेका अध्यक्ष राउतले बुधबार भने वीरगन्जमा पत्रकार सम्मेलन गरेर किसान आन्दोलनको माग पूरा नभए चुनावमा अवरोध गर्ने चेतावनी दिएका हुन् ।
राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए । अध्यक्ष राउतले भने, ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस्, अनी मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं ।’
अर्को चरणको किसान आन्दोलन फागुन १ बाट घोषणा हुने जानकारी दिँदै अध्यक्ष राउतले भने, ‘मौसमको खराबीका कारण हाइवे केन्द्रीत आन्दोलन ग्रामिण क्षेत्रमा सारिएको छ, त्यसैले फागुन १ गतेबाट सशक्त कार्यक्रमबाट आन्दोलन अघि बढ्ने छ ।’
संघीय सरकारका कृषि मन्त्री महेन्द्रराय यादव मधेसकै भएपनि किसानको माग सुन्न नचाहेको जिकिर उनले गरे । अध्यक्ष राउतले डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरुको मागमा सरकारले चासो नदिएको प्रति दुःख व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो