जनमत पार्टीको माग : दल दर्ताका क्रममा प्राप्त चिन्हमै चुनावमा भाग लिन पाउनुपर्छ
बुधबार, २६ माघ २०७८, १४ : २४
सिके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगले दल दर्ताका क्रममा प्रदान गरेको चिन्हबाटै निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गरेको छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई ध्यानाकर्षण पत्र बुझाउँदै सो माग गरेका हुन् ।
प्रदेश तथा प्रतिनिधिसभामा दल दर्ताका समयमा प्राप्त गरेको निर्वाचन चिन्हलाई नै मान्यता दिने गरिएको तर स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको जस्तो नयाँ चुनाव चिन्ह लिनुपर्ने व्यवस्था गर्नु आपत्तिजनक रहेको उनले बताए ।
यो विषयमा आयोगका प्रमुख आयुक्त थपलिया पनि सकारात्मक रहनुभएको सिंहले जानकारी दिए । उनले भने, ‘आयोगका प्रमुख आयुक्त थपलिया पनि दल दर्ताका समयमा प्राप्त गरेको चुनाव चिन्हमै सकारात्मक हुनुहुन्छ, त्यसका विषयमा सरकारले निर्णय गर्नुपर्ने सुझाव दिनुभयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण