मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा पनि भयो मन्त्रिपरिषद् विस्तार, बने थप ५ जना मन्त्री

आइतबार, २३ माघ २०७८, २१ : १६
आइतबार, २३ माघ २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनको सिफारिसमा प्रवेश प्रमुख तिलक परियारले ५ जनालाई मन्त्री नियुक्त गरेका छन् भने उनीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । 

भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ दमडुल लामा, जलस्रोत तथा उर्जामन्त्री गणेशप्रसाद सिंह, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले नियुक्ति सँगै पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

माओवादी केन्द्रबाट जलस्रोत तथा ऊर्जामन्त्री सिंह जाजरकोट र पर्यटनमन्त्री लामा हुम्ला निवासी हुन् । यस्तै सत्ता गठबन्धनभित्रको दल कांग्रेसबाट सामाजिक विकासमन्त्री बिसी सुर्खेत र आन्तरिक मामिला तथा कानुनमन्त्री शाही दैलेख निवासी हुन् । 

यस्तै एकीकृत समाजवादीबाट भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त रोकाय जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्  । शाही गत कात्तिक १६ गते मुख्यमन्त्री बनेका थिए । त्यतिबेला उनले माओवादीबाट विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री र एकीकृत समाजवादीबाट दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरेका थिए ।

आजै प्रदेश १ मा पनि जम्बो मन्त्रिमण्डल बनाइएको थियो । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप