प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

प्रदेश नम्बर १ का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राजेन्द्र राईको सिफारिसमा प्रदेश प्रमुखले नवनियुक्त मन्त्रीहरुलाई नियुक्त गरेसँगै आइतबार नै शपथ ग्रहण सम्पन्न भएको हो । प्रदेश १ मा भागबण्डाकै लागि मन्त्रालय फुटाएर १४ सदस्यीय बनाइएको छ ।
मुख्यमन्त्री कार्यालयका अनुसार रामकुमार राई, राजन राई, खिनु लिम्बु, झलकबहादुर मगर, शेखरचन्द्र थापा, ओम प्रकाश सरावागी, प्रतापप्रकाश हाङगाम, उपेन्द्रप्रसाद घिमिरेले मन्त्रीको शपथ लिएका छन् । यस्तै विष्णु तुम्बाहम्फेले राज्यमन्त्रीको शपथ लिएका छन् ।
गत कात्तिक १६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरिएको हो । इन्द्रबहादुर आङ्बो, आर्थिक मामिला, हिमाल कार्की सडक पूर्वाधार तथा सहरी, केदार कार्की आन्तरिक मामिला, जयराम यादव स्वास्थ्यमन्त्री यसअघि नै बनेका थिए ।
आइतबार थपिएका रामकुमार राई खानेपानी तथा सिंचाई तथा ऊर्जा, राजन राई सामाजिक विकास, खिनु लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुर मगर कृषि, शेखरचन्द्र थापा बन, वातावरण तथा भू-संरक्षण, ओमप्रकाश सरवागी उद्योग, श्रम तथा रोजगार, प्रताम प्रकाश हाङगाम भूमि व्यवस्था र उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्री बनेका छन् । यस्तै राज्यमन्त्री बनेका विष्णु तुम्वाहाम्फेले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी