प्रदेशमा मन्त्रीहरूको सङ्ख्या शतक नजिक !
देशका सात प्रदेशहरूमा रहेका सरकारमा मन्त्रीहरूको कूल सङ्ख्या शतक नजिक पुग्न लागेको छ । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार गरेसँगै हालसम्म सात प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको कूल सङ्ख्या ८९ पुगेको हो ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ५ सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरेर १४ सदस्यीय बनाएका हुन् । त्यसमा एक जना राज्यमन्त्री रहेका छन् भने १२ जना मन्त्री रहेका छन् । मुख्यमन्त्री कार्यालयका अनुसार रामकुमार राई, राजन राई, खिनु लिम्बु, झलकबहादुर मगर, शेखरचन्द्र थापा, ओम प्रकाश सरावागी, प्रतापप्रकाश हाङगाम, उपेन्द्रप्रसाद घिमिरे मन्त्री नियुक्त भएका छन् । यस्तै विष्णु तुम्बाहम्फे राज्यमन्त्री बनेका छन् ।
गत कात्तिक १६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरिएको हो । केहीअघि बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाउने निर्णय गरेर क्याबिनेट जम्बो बनाइएको हो । इन्द्रबहादुर आङ्बो, आर्थिक मामिला, हिमाल कार्की सडक पूर्वाधार तथा सहरी, केदार कार्की आन्तरिक मामिला, जयराम यादव स्वास्थ्यमन्त्री यसअघि नै बनेका थिए ।
आइतबार थपिएका रामकुमार राई खानेपानी तथा सिँचाइ तथा ऊर्जा, राजन राई सामाजिक विकास, खिनु लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुर मगर कृषि, शेखरचन्द्र थापा बन, वातावरण तथा भू(संरक्षण, ओमप्रकाश सरवागी उद्योग, श्रम तथा रोजगार, प्रताम प्रकाश हाङगाम भूमि व्यवस्था र उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्री बनेका छन् । यस्तै राज्यमन्त्री बनेका विष्णु तुम्बाहाम्फेले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रदेश १ मन्त्रीहरूको सङ्ख्याको अनुसार तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा बागमती प्रदेश १८ सदस्यीय मन्त्रिपरिषद् रहेको छ भने दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशमा १७ सदस्यीय मन्त्रिपरिषद् रहेको छ । प्रदेश १ र मधेस प्रदेशको मन्त्रिपरिषद्मा समान १४ सदस्य रहेका छन् । गण्डकी प्रदेशमा १२ सदस्यीय मन्त्रिमण्डल गठन गरिएको छ भने सुदूरपश्चिममा यो सङ्ख्या ११ सदस्यीय रहेको छ ।
कर्णालीमा हाल ३ सदस्यीय मन्त्रिपरिषद् रहेको छ । तर, त्यहाँ पनि आज मन्त्री थपिँदै छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट सिफारिस गरिएका चार जना आइतबार साँझसम्म मन्त्रीको शपथ लिने स्रोतको जानकारी दिएको छ । नेपाली काँग्रेसबाट सुर्खेतका यज्ञबहादुर बिसी र दैलेखका हिमबहादुर शाही मन्त्री बन्दै छन् । चार जना मन्त्री थपिए प्रदेशहरूमा मन्त्रीहरूको कूल सङ्ख्या बढेर ९३ पुग्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

