हत्या आरोपी मण्डल र मृतक लिम्बुबीच २ अर्ब ५० करोडको करारनामा !
बिहीबार साँझ ललितपुरको धापाखेलमा उत्खननपछि शव भेटिएका मोहनप्रसाद लिम्बु र हत्या आरोपी अनिल कुमार मण्डलबीच २ अर्ब ५० करोड रुपैयाँको करार सम्झौता भएको पाइएको छ ।
प्रहरी स्रोतका अनुसार मण्डल र मृतक लिम्बुबीच हाइड्रो तथा सिमेन्ट उद्योगमा लगानी गर्ने भन्दै २ अर्ब ५० करोडको करारनामा बनाएको पाइएको छ । यद्यपि उक्त करारनामामा औँठाछाप भने लगाइएको छैन । हत्या आरोपी अनिलकुमार मण्डल आफै प्रथम पक्ष रहेर बनाइएको करारनामामा सिमेन्ट उद्योग र हाइड्रो कम्पनीमा लगानी गर्नका लागि मण्डलले रकम दिने कुरा उल्लेख गरिएको छ ।
रातोपाटीलाई प्राप्त करारनामामा कपिलवस्तुको कृष्णनगर २ मा रहेको गणपति सिमेन्ट इन्डष्ट्रिज तथा सुपर सुनकोशी हाइड्रो पावरको शेयर खरिदका लागि अनिलकुमार मण्डल अर्थात् प्रथम पक्षले दोस्रो पक्षका लागि १५ प्रतिशत ब्याज लिने गरी लगानी गरिदिने कुरा उल्लेख गरिएको छ । अनिलकुमार मण्डलले लगानी गरिदिएबापत धितोमा लिम्बुको अन्य अचल सम्पत्ति धितोमा राख्ने कुरा पनि उल्लेख गरिएको छ । करारनामामा साक्षीको ठेगाना उल्लेख नभएको र वडा कार्यालयमा पनि प्रमाणित गरिएको छैन । त्यसबाहेक त्यहाँ करार सम्झौता गर्नेहरूको औँठाछापसमेत नभएको पाइएको छ ।
प्रहरी स्रोतका अनुसार उक्त करारनामा लिम्बुको मृत्युपछि तयार पारिएको वा मृत्यु अगाडि नै लिम्बुलाई नियन्त्रणमा लिई करकापमा पारी गरिएको हुनसक्ने अनुमान गरिएको छ । साक्षीको ठेगानाहरू केही उल्लेख नहुनु, यति ठुलो रकमको करारनामा वडामा दर्ता नहुनु र औँठाछापसमेत नहुनु यो करारनामा नक्कली हुन सक्ने बताइएको छ । साथै करारनामामा उल्लेख भएजस्तो रकमको कारोबार नदेखिएको हुँदा कारोबार नै भइनसकेको वा पैसा असुल गर्ने नियतका साथ उक्त करारनामा बनाएको हुनसक्ने प्रहरीको दाबी छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सविरुद्ध इङ्गल्याण्डको गोलवर्षा: ४५ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
