अनिलकुमार मण्डलले तीन जनाको हत्या गरेकाे खुलासा
मोरङको उखुबारीमा हत्या गरिएको दुई शवको अनुसन्धानका क्रममा प्रहरीले बिहीबार साँझ अर्को एक जनाको शव फेला पारेको छ । ललितपुरको धापाखेलमा ६२ वर्षीय मोहनप्रसाद लिम्बुको शव भेटिएको हो । ५ फिट तल गाडेको अवस्थामा उनको शव भेटिएको र शवको उत्खनन भइरहेको महानगरीय अपराध महाशाखाले बताएको छ ।
अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका अनिलकुमार मण्डलको बयानका आधारमा प्रहरीले तेस्रो व्यक्तिको पनि हत्या भएको पत्ता लागेको हो । प्रहरीले हत्याराको शङ्का गरिरहेको व्यक्तिको पनि हत्या भइसकेको अवस्थामा शव भेटिएको हो ।
बिहीबार साँझ भेटिएको मोहनप्रसाद लिम्बुको शव एक घरको कम्पाउन्डनजिकै खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको हो । उनको शव ५ फिट तल गाडेको अवस्थामा फेला परेको अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले बताए ।
अपराध महाशाखाका अनुसार लिम्बुको हत्या मङ्सिर २८ गते नै भएको पाइएको छ । मण्डलले भाडामा लिएको घरनजिकै उनको शव गाडेका थिए । अनुसन्धानका क्रममा पक्राउ परेका मण्डलले मङ्सिर २८ गते नै लिम्बुको हत्या गरेर बव गाडेको बयान दिएपछि प्रहरीले शव उत्खनन गरेको हो ।
यता मोरङको उखुबारीमा भेटिएको शव पनि मण्डलकै योजनामा हत्या भएर गाडेको अवस्थामा फेला परेको थियो । मोरङमा भएको हत्यामा मण्डलले केही भारतीय पेसेवर अपराधीको प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मण्डलले आर्थिक कारोबारका कारण उनीहरूको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षाका कारण आधा दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध
-
शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’
-
गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर
-
जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिइने
-
आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
