बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्थानीय चुनाव : एकै चरणमा गर्दा ९ फाइदा

मङ्गलबार, १८ माघ २०७८, १६ : ५३
मङ्गलबार, १८ माघ २०७८

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनाव एकै चरणमा गर्दा विभिन्न नौ वटा फाइदा हुने जनाएको छ । मंगलबार निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर विभिन्न प्रस्ताव गर्दै दुई वा सो भन्दा बढी चरणमा भन्दा एकै चरणमा गर्दा बढी फाइदा हुने प्रस्ताव गरेको छ । निर्वाचन आयोगले चुनावसम्बन्धी तयार पारेको ६ पेज लामो प्रस्तावमा एकै चरणमा निर्वाचन सम्पन्न गर्दा हुने नौ वटा फाइदा र नहुँदा हुने ५ वटा बेफाइदा पनि खुलाएको छ । 

यस्ता छन् नौ फाइदा 
आयोगको प्रस्तावमा एकै चरणमा चुनाव गर्दा मुख्य गरी नौ वटा फाइदा हुने उल्लेख छ । जसमा निर्वाचन खर्चमा मितव्ययिता, सुरक्षा व्यवस्थापनमा सहजता, समग्र निर्वाचन व्यवस्थापन सजिलो, मतदाता शिक्षा सामाग्रीमा एकरूपता, निर्वाचन प्रचार प्रसार खर्च कम,पर्यवेक्षण र अनुगमनमा सहज, अन्तर्राष्ट्रिय पर्यवेक्षणका लागि वातावरण, आचारसंहिताको अवधि कम हुने हुँदा अन्य काम प्रभावित हुनबाट जोगिने र एक ठाउँको निर्वाचन परिणामले अर्को ठाउँको निर्वाचन परिणाम प्रभावित नहुने रहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप