राप्रपा अध्यक्ष लिङ्देनद्वारा २४ पदाधिकारी मनोनयन (नामावलीसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारीमा २४ जना मनोनित भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री र सहायक महामन्त्री पदमा २४ जनालाई मनोनित गरेका हुन् ।
जसअनुसार उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी मनोनित भएका छन् भने महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रह्लाद प्रसाद साह मनोनित भएका छन् । यस्तै प्रवक्तामा भक्ति प्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुन सुन्दर लावती र गोपाल दाहाल मनोनित हुँदा सहायक प्रवक्तामा प्रविन कुमार थोकर तामाङ, दिनेश कुमार साह, पूर्ण बहादुर चन्द मनोनित भएका छन् ।
यस्तै सहमहामन्त्रीमा मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित हुँदा सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दिपक कुमार राई मनोनित भएका छन् ।
अध्यक्ष लिङ्देनले पूर्वअध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी निकटका नेताहरु समेतलाई समेटेर पदाधिकारी मनोनित गरेका हुन् । यसअघि महाधिवेशनबाट राप्रपामा ४ उपाध्यक्ष र तीन महामन्त्रीसहित १४९ जनाको केन्द्रीय समिति निर्वाचित भएकामा पछि विधानअनुसार थप मनोनयन गरेका हुन् । यस्तै अध्यक्ष लिङ्देनले विभिन्न विभागहरुको प्रमुख पनि तोकेका छन् ।
जसअनुसार आर्थिक बिभाग प्रमुखमा दिनेश श्रेष्ठ, धर्म तथा संस्कृति समन्वय बिभाग प्रमुखमा पुष्पराज पुरुष, सूचना तथा प्रविधि बिभाग प्रमुखमा रविन चाम्लिङ, तराई मधेश विभाग प्रमुखमा रामप्रताप साह, अभिलेख तथा मुल्याङ्कन बिभाग प्रमुखमा मीना सुवेदी, सहकारी समन्वय बिभाग प्रमुखमा सुदर्शन थापा चयन भएका छन् ।
यसैगरी रमानन्द न्यौपाने केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा मनोनयन भएको लिङ्देनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता
-
तालिम नलिए पनि अध्यापन अनुमति पत्र स्थायी रूपान्तरण गर्न सकिने