बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनकाे बैठक सुरु : स्थानीय तहको निर्वाचनबारे निर्णय गर्ने

शनिबार, १५ माघ २०७८, ०५ : ००
शनिबार, १५ माघ २०७८

स्थानीय तहको निर्वाचनबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ। निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको थिएन । 

वैशाख वा जेठमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने गरी शीर्ष नेताहरूमा सहमति जुटिसकेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो । स्रोतका अनुसार जेठमा स्थानीय तहको कार्यकाल सके लगत्तै चुनावको मिति तय गर्ने तयारी गरिएको छ । गठबन्धनमा मितिबारे सहमति जुटेपछि प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ ।

यो विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो दिएकी छन् । उनले प्रधानमन्त्री देउवासँग छलफल गरेर समयमै निर्वाचनको मिति घोषणा गर्न दबाब दिएकी थिइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप