मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा भएको अन्तरघात छानबिन गर्नुपर्छ : इन्द्र आङ्बो

बिहीबार, १३ माघ २०७८, १२ : ४९
बिहीबार, १३ माघ २०७८

काठमाडौँ । प्रदेश १ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो (मौसम) ले राष्ट्रिय सभा निर्वाचनमा भएको अन्तरघात छानबिन गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले पार्टी नेतृत्वप्रति इमान्दार नभएर लालच र प्रलोभनमा परेर गम्भीर अन्तरघात भएको बताएका हुन् । साथै उनले यस्तो अन्तरघात क्षम्य नहुने भन्दै निर्ममतापूर्वक गम्भीर समीक्षा र छानबिन गरेर प्रदेश गठबन्धन अघि बढ्नुपर्ने बताएका छन् । 

आङ्बोले लेखेका छन्, संघीयता प्रति चौतर्फी प्रहार भइरहेको बेला झन् हामी १ नं प्रदेशका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू हाम्रो एजेन्डा,जनता,पार्टी अनि नेतृत्वप्रति इमानदार बन्न सकेनौँ,लालच र प्रलोभनमा परेर भएको यो गम्भीर अन्तरघात कुनै पनि पार्टीको निम्ति क्षम्य हुन्न । अब निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानबिन गरेर प्रदेशको गठबन्धन अगाडि बढ्नुपर्छ बढ्नेछ...।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप