मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

युक्रेन संकट : रुससँग युद्ध सुरु भइसकेको छ भनेर कसरी थाहा हुनेछ ?

बिहीबार, १३ माघ २०७८, १० : ०२
बिहीबार, १३ माघ २०७८

संसारभरीको नजर हाल युक्रेनको विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको धारणा के छ भन्नेमा अडिएको छ । संघर्ष बढ्ने आशंकाबीच अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई बाहिर निकालिरहको छ । तर रक्षा विशेषज्ञ जोनाथन मार्कसले भने संघर्ष पहिले नै सुरु भइसकेको पनि हुनसक्छ भन्ने आशंका व्यक्त गरे । 

चारैतिर रुस र युक्रेनबीच युद्ध सुरु हुने खतराको चर्चा छ । सबैतिर रुसले हमला गर्ला त भन्ने प्रश्न यथावत् छन् । के राष्ट्रपति भ्लादिमिर पुटिन हरेक मूल्यमा युद्ध चाहन्छन् त वा कुटनीतिक बाटो अपनाएर शान्तिसम्म पुग्न सकिन्छ ?

तर रुसका राष्ट्रपति पुटिनको दिमाग कसैले पनि पढ्न सक्दैन । 
त्यसो भए यहाँ अर्को एउटा प्रश्न के निम्तिन्छ भने रुस र युक्रेनबीच युद्ध सुरु भइसकेको छ भनेर कसरी थाहा हुन्छ ?

ट्याङ्क घुमिरहेका छन्, रकेट दागिँदैछन्ः

जवाफ स्पष्ट छ । 

युक्रेनको सीमा पार गर्दै रुसका ट्याङ्क, वा ठूला परिमाणमा युक्रेनको भूभागमा रुसी हवाई हमलाले संकट बढिसकेको र संघर्ष अब नयाँ चरणमा पुग्नसक्ने दर्साउँछ । 

कुनै शंका छैन युद्ध सुरु भएको पहिलो अलर्ट युक्रेनी सेनाको तर्फबाट नै आउनेछ तर पश्चिमी देशका स्याटलाइट र गोप्य सूचना जम्मा गर्ने एयरक्राफ्ट पनि एक भीषण हमलाको तयारीबारे राम्रोसँग जानकारी दिनसक्छ । 

अमेरिकास्थित सेन्टर फर नेवल एनालिसिसमा रुसी सेनाका विशेषज्ञ माइकल कोफम्यानले भोलिका समयमा हमलाको स्पष्ट संकेत देख्न पाइने बताएका छन् । 

युद्ध सुरु भइसकेको छ भनेर कसरी थाहा पाउने त भनेर सोधिएको प्रश्नमा माइकल भन्छन्, ‘पहिलो संकेत सैनिकको संख्यामा वृद्धि हुनेछ । हाल सीमामा सैन्यबलको साटो भारी उपकरण तैनाथ गरिएका छन् । यसबाहेक अन्य संकेत सैन्य बल चारैतिर फैलिनु, सहायक उपकरणको प्रवाह, फिक्स्ड विङ्ग र रोटरी एभिएसनमा परिवर्तनलगायतका कुरा हुनसक्छन् ।’

तर यो प्रश्नको जवाफ अन्य तरिकाले पनि दिन सकिन्छ । र यसका लागि हामीले युक्रेनविरुद्ध रुसी अभियानलाई पूर्ण रुपमा हेर्न आवश्यक छ । 

हामीले मस्कोसँग उपलब्ध टुलकिट हेर्नुपर्छ र यसको प्रयोग कसरी गरिँदैछ भनेर आँकलन गर्नुपर्नेछ । र त्यसपछि जब तपाईंले हामीलाई संघर्ष सुरु भइसकेको छ भनेर कसरी थाहा हुन्छ भनेर सोध्नुहुन्छ भने यसको जवाफ हुनसक्छ कि – यो पहिले नै सुरु भइसकेको छ । 

यी दुई देशबीच दुश्मनी पछिल्लो थुप्रै वर्षदेखि चलिरहेको छ । 

सैन्य दबाबः

त्यहिबाट सुरु गर्छौँ जहाँ हामी छौँ ।

रुसले पहिला नै युक्रेनको हिस्सा रहेको क्रिमियामाथि कब्जा जमाइसकेको छ । यसबाहेक रुसले डोनबास क्षेत्रमा कीव विरोधी विद्रोहीलाई सहायत पनि प्रदान गर्छ । 

वास्तवमा सन् २०१४ मा युक्रेनी सेनाविरुद्ध रुसले पठाएको बख्तरबन्द र मशिनिकृत इकाईले नै रुस समर्थक कीव विद्रोहीलाई हार्नबाट जोगाएको थियो । त्यति बेलादेखि नै छिटपुट लडाईं जारी छ । 

त्यहाँ सबै पक्ष एउटा अन्तरराष्ट्रिय शान्ति प्रयासलाई समर्थन गर्ने मान्यता राख्छन् । तर यो दिशामा निकै कम प्रगति भएको छ । 

भारी संख्यामा सैन्य बलको तैनाथीः

यो सैन्य दबाबबाहेक भारी संख्यामा सैन्य बलको तैनाथीको पनि खतरा छ ।

युक्रेनको सीमा वरिपरि रुसी लडाकू फर्मेशनको निर्माण असाधारण हो । यसमा बेलारुसमा सैनिकको महत्वपूर्ण तैनाथी पनि समावेश छ । बेलारुसको सीमा पनि युक्रेनसँग जोडिन्छ । यो युक्रेनको राजधानी कीवको तर्फबाट हमलाका लागि एक नजिकको बिन्दु बन्न सक्छ । 

यो दबाबबाहेक ठूलो संख्यामा सैन्य बलको तैनाथीको पनि खतरा छ । 

युक्रेनको सीमा नजिकै रुसी सैनिकलाई जुन भारी संख्यामा तैनाथ गरिएको छ, त्यो असाधारण हो । बेलारुसमा पनि भारी संख्यामा सेना तैनाथ छन् जसको सीमा युक्रेनसँग जोडिन्छ । हमला गर्ने मनसाय भएपछि त्यहाँबाट युक्रेनको राजधानी कीवमा हमला गर्न सहज हुनसक्छ । 

आसपासको देशमा सीमामा सैन्य बल तैनाथीलाई रुसी प्रवक्ता एक सामान्य अभ्यास बताउँछन् र यो कसैलाई चेतावनी दिनका लागि नगरिएको बताउँछन् । तर जुन परिमाणमा त्यहाँ सैन्य टुकडी तैनाथ गरिएको छ र जसरी उनीहरुलाई सहायता पुर्याइँदै छ, त्यसबाट थाहा हुन्छ कि यो नियमित युद्धाभ्यासभन्दा अत्यधिक धेरै हो । 

विश्लेषकले उपग्रह तस्बिरमार्फत् यी सैन्य बलमाथि निगरानी बढाइरहेका छन् । इन्टरनेटमा भएका मोबाइलबाट बनाइएका थुप्रै भिडियोमा युक्रेन वा बेलारुसको तर्फबाट उपकरणमार्फत् भारी ट्रेनो देख्न सकिन्छ । सोस मिडियामा पोस्ट भइरहेका सामग्रीको आँकलन र सीमामा भारी मात्रामा पुगिरहेका सैन्य सामग्रीले यो अनुमान लगाउन सकिन्छ कि त्यहाँ के चलिरहेको छ ।

मस्कोले जे सुकै भनोस् तर युक्रेन र उसका साथी पश्चिमी देशसँग चिन्ताका लागि एक होइन थुप्रै कारण छन् । 

 


रुसले आफ्नै कहानी बनाइरहेको छः

एकातिर रुसले आफू युद्धको तयारी नगरिरहेको बताएको छ तर निकै हदसम्म उसले यस्तै गरिरहेको देख्न सकिन्छ । तर त्यति नै महत्वपूर्ण कुरा के हो भने उससँग पेश गर्नका लागि एउटा भिन्न कहानी छ । एउटा यस्तो कहानी जहाँ पीडित युक्रेन होइन । यो कहानीले यो बताउँछ कि वास्तवमा त्यो रुस नै हो जसलाई खतरा छ । 

यो अमेरिकालाई सुम्पिएका ती दस्तावेजको सार हो जसले नेटाको विस्तारलाई रोक्न चाहन्छ र केही तरिकामा मस्कोका लागि प्रभावको एउटा नयाँ क्षेत्र बनाउन चाहन्छ । 

तर रुसको कहानीको अको एउटा उद्देश्य पनि छ । त्यो कहानी हो जसमार्फत् ऊ युक्रेन संकटमा जारी ती चर्चालाई एउटा दिशा दिने कोसिस गरिरहेको छ जसको चर्चा पश्चिमी देश वा उसका नागरिकले मात्रै नभई तपाईं हामीले पनि गररहेका छौँ । 

सबै निष्पक्ष र कठोर स्वतन्त्र विश्लेषणले यो स्पष्ट हुन्छ कि रुस युक्रेनसँग युद्धको तयारी गरिरहेको छ, चाहे उसका आधिकारिक प्रवक्ताले जेसुकै भनुन् । 

विध्वंसः

​रुसी टुलबक्सको विषयमा अर्को एउटा आशंका पनि रहेको छ । साइबर हमला र विध्वंस । उदाहरणका लागि युक्रेनमाथि साइबर हमला गरिएको हुनसक्छ । एक हप्ताअघि ठूलो संख्यामा सरकारी वेबसाइटलाई निशाना बनाइएको थियो । यद्यपि, यो हमला कहाँबाट गरिएको थियो भनेर स्पष्ट छैन । 

हालै यूके सरकारले दाबी गरे अनुसार मस्कोले कीवमा एउटा नयाँ सरकार बनाउनका लागि केही मानिसलाई चयन गरेको छ । यद्यपि, शंका जेसुकैको होस् तर यस्तो प्रकारको गतिविधिमा मस्काको हात भएको कुरामा कुनै प्रमाण भेटिएको छैन । 

माइकल कोफम्यानका अनुसार साइबर हमला रुसी हमलाको एउटा महत्वपूर्ण हिस्सा हुनसक्छ । किनभने उनीहरु सैन्य हमलालाई सफल बनाउनका लागि महत्वपूर्ण आधारभूत ढाँचालाई पंगु बनाएर युक्रेनको क्षमतालाई बाधित गर्नसक्छ । 

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप