बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुसले किन धम्काइरहेको छ युक्रेनलाई ? ऊ नेटोसँग के चाहन्छ ?

आइतबार, ०९ माघ २०७८, ११ : ४३
आइतबार, ०९ माघ २०७८

 

के रुसको सेना युक्रेनमा हमलाको तयारीमा जुटेको छ ? युक्रेनसँग जोडिएको आफ्नो सीमामा उसले १ लाख भन्दा बढी सेना तैनाथ गरको छ । रुसले युक्रेनमाथि आक्रमण गर्ने कुनै पनि योजना अस्वीकार गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा सैनिक कारवाहीको आशंका व्यक्त गरेका छन् । बाइडेनले भनेका छन्, ‘मलाई लागेको छ कि रुसी समकक्षी भ्लादिमिर पुटिन युक्रेनमा हस्तक्षेप गर्न सक्छन् । तर उनी युद्धबाट भने जोगिन चाहन्छन् ।’

वास्तवमा उनले रुसी सेनाको एक सानो हस्तक्षेपको आशंका भने व्यक्त गरेका छन् ।

यद्यपि, बाइडेनको यो बयानपछि युक्रेन​मा उनको आलोचना हुन लागेको छ । त्यसपछि बिहीबार दिइएको भाषणमा राष्ट्रपति बाइडेन आफ्नो पहिलो बयानबाट पछि हटेका छन् । उनले युक्रेन​मा रुसी सेना घुसपैठ गर्न खोजेको र कुनैपनि घुसपैठलाई हमला नै मान्ने बताएका छन् ।

अमेरिकाको तर्फबाट यूक्रेनलाइै सैन्य सहयोगको स्विकृती प्राप्त भएपछि यसै साता हतियारको पहिलो खेप पुगेको छ र सीमामा तैनाथ सैनिकका लागि हतियार पनि समावेश छ ।

यता बेलायती विदेश मन्त्रालयका अनुसार रुस युक्रेन​मा यस्तो नेता चाहन्छ, जसले उसको समर्थन गरोस् । मन्त्रालयले यूक्रेनका ४ पूर्व नेताको नाम जारी गर्दै भनेको छ, ‘यी नेताको सम्बन्ध रुसी जासुसी विभागसँग छ र उनीहरुलाई सम्भावित उमेद्वारको रुपमा हेरिरहेको छ ।’

रुसले बेलायत र अमेरिकाको आरोपलाई गलत बताउँदै आएको छ । युक्रेन​को विषयलाई लिएर रुसले पश्चिमा देशसँग कयौँ माग राख्दै आएको छ । उसले युक्रेन​ कहिले पनि नेटोको सदस्य नहोस्, भन्ने माग राख्दै आएको छ । रुसले पूर्वी युरोपमा नेटोले उसका सबै गतिविधि छोडोस्, भन्ने चाहना रुसको छ ।

यस्तो अवस्थामा भोलि के होला, जसबाट यूरोपको पूरा सुरक्षातन्त्र खतरामा पर्न सक्छ ?

रुस आखिर युक्रेनलाई किन धम्क्याइरहेको छ ?

युक्रेनको सीमामा १ लाख भन्दा पनि बढी रुसी सेना खटाए बावजुद रुसले यहाँ कुनै पनि हमलाको योजना नभएको बताउँदै आएको छ । रुसले धेरै पहिलेदेखि युरोपेली संस्था विशेषगरी नेटोबाट युक्रेनको सम्बन्धको  विरोध गर्दै आएको छ ।

युक्रेन​को सीमा पश्चिममा यूरोपेली देश र पूर्वमा रुससँग जोडिएको छ । यद्यपि, पूर्व सोभियत संघका सदस्य  र जनसंख्याको करिब छैटौँ हिस्सा रुसी मूलका हुनाले युक्रेन​को रुससँग गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध रहँदै आएको छ ।

युक्रेन​ले सन् २०१४ मा जब आफ्नो रुसी समर्थक राष्ट्रपतिलाई पदबाट हटायो, यसबाट रुसपनि युक्रेनसँग रिसाएको थियो । यसलगत्तै रुसले दक्षिणी युक्रेनको  क्राइमिया प्रायद्विप आफ्नो कब्जामा लियो । त्यतिबेलादेखि रुस समर्थक विद्रोही र युक्रेनको सेनाबीच भएको लडार्इंमा १४ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

हमलाको खतरा आखिर किन यत्तिको बढी ?

रुसले लगातार भन्दै आएको छ कि युक्रेन​मा उसको हमलाको कुनै योजना छैन । रुसी सेना प्रमुख भालेरी गेरासिमोभले हमलाको योजनासँग सम्बन्धित खबरलाई झूटो बताउँदै आएका छन् ।

तर दुई पक्षबीचको तनाव भने चरम अवस्थामा छ । पुटिनले पश्चिमा शक्तिको आक्रामक व्यवहार यस्तै हो भने उपयुक्त जवाफी कदम उठाउने बताएका छन् ।

नेटो महासचिवले युक्रेन​को विषयलाई लिएर संघर्षको खतरा भएको चेतवनी दिएका छन् । बाइडेन पनि रुस अगाडि बढ्न सक्ने सम्भावना व्यक्त गर्दै आएका छन् ।

पृथकतावादी र युक्रेनी सेनाका बीच संघर्ष विगतका कयौँ वर्षदेखि रहँदै आएको छ । तर पछिल्लो समयमा दुबै पक्षबीच युद्धविराम कायम भएको छ ।

चिन्ताको विषय यो छ कि युक्रेन​को सीमामा रुसका लाखभन्दा बढी सैनिक जम्मा भएर बसेका छन् । रुसले आफ्ना सैनिक युक्रेन​ सीमामा रहेको विषयलाई लिएर कुनै प्रतिक्रिया दिएको छैन । रुसी सेना अभ्यासका लागि बेलारुसतर्फ पनि गएका छन् । रुसका उप विदेश मन्त्री सर्गेई रयाबकोभले विद्यमान अवस्थाको तुलना सन् १९६२ को क्यूवा मिसाइल संकटसँग गरेका छन् । उक्त समयमा अमेरिका र सोभियत संघ परमाणु संघर्षको नजिकै पुगेका थिए ।

पश्चिमा गुप्तचर एजेन्सीका अनुसार रुसले युक्रेन​माथि सन् २०२२ को सुरुमा हमला गर्ने सम्भावना प्रबल छ ।

रुस नेटोबाट के चाहन्छ ?

रुसले नेटोसँको आफ्नो सम्बन्धलाई नयाँ रुप दिनका लागि आफ्नो प्रस्ताव राखेको छ । रुसका उप विदेश मन्त्री सर्गेई रयाबकोभले भने, ‘ युक्रेन कहिल्यै नेटोको सदस्य देश नबनोस् भन्ने कुरामा निश्चित गर्न आवश्यक छ । ’

नेटो देशहरुले यूक्रेनमा लगातार हतियारको आपूर्ति गरिरहेको आरोप रुसले लगाएको छ । अमेरिकाले दुबै देशलाई एक अर्काविरुद्ध भड्काइरहेको आरोप पनि रुसले लगाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार रुस अब पछि हट्ने छैन  ।

यूक्रेनसँग रुसी माग के छ ?

रुसले सन् २०१४ मा क्राइमियालाई उक्त प्रायद्विपसँग उसको ऐतिहासिक सम्बन्ध रहेको भन्दै जनमत संग्रह गरेर आफूमा विलय  गराएको थियो ।

सन् १९९१ मा सोभियत संघको पतनलाई भ्लादिमिर पुटिनले यसलाई  रुसको ऐतिहासिक विघटन भनेर स्मरण गर्छन् ।

के रुसको सैनिक कारवाहीलाई रोक्न सकिन्छ ?

रुसी राष्ट्रपति पुटिनले बारम्बार बाइडेनसँग र अन्य उच्चस्तरको वार्ता जारी राख्नु आवश्यक भएको बताउँदै आएका छन् । यद्यपि, आफ्नो प्रमुख मागलाई बेवास्ता गर्ने हो भने यसको नतिजा खतरनाक हुन सक्ने चेतावनी पुटिनले दिँदै आएका छन् । अब सवाल उठ्न सक्छ कि रुस अब कहाँसम्म जान सक्छ ?

बाइडेनले युक्रेन​माथि पूर्ण आक्रमण रुसका लागि गम्भीर परिणाम हुन सक्ने चेतावनी दिएका छन् ।

तर रुसको थोरै मात्र पनि हस्तक्षेपले पश्चिमा देशबीच असहमति पैदा हुन सक्ने चेतावनी बाइडेनले दिएका छन् ।

पश्चिमा मुलुकले युक्रेन​लाई कहिलेसम्म साथ दिन सक्छन् ?

अमेरिकाले युक्रेन​को सम्प्रभूता सुरक्षित गर्न उसको सहयोगका लागि प्रतिबद्ध भएको बताउँदै आएको छ । उसले हतियारको रुपमा युक्रेन​लाई सैन्य सहयोग गर्ने बताएको छ । तनावलाई कम गर्न अमेरिकाले हतियार र सल्लाहकारको रुपमा सैन्य मद्दत गर्ने जनाउ दिएको छ ।

बाइडेनले रुसलाई चेतावनी दिँदै भनेका छन्, ‘रुसले यदि युक्रेन​मा हमला ग¥यो भने उसमाथि यस्तो प्रतिबन्ध लगाइने छ, जसबारे उसलाई थाहै छैन ।’

बीबीसी

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप