मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सुरु
मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । मधेस प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि बुधबार विहान ९ बजेपछि मतदान सुरु भएको हो । अहिले महेन्द्रनारायण निधि स्मृति भवनमा मतदान भइरहेको छ । प्रदेश सभाका सांसद र पालिकाका प्रमुख उपप्रमुखले मतदान गर्ने क्रम जारी छ । मधेस प्रदेशसभाका १०४ सदस्य र स्थानीय तहका २६८ जना जनप्रतिनिधि गरी ३७२ जनाले मतदान गर्नेछन् ।
मधेस प्रदेशमा सत्ता गठबन्धनसँग प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ । योसँगै मधेस प्रदेशमा दुई सिटका लागि ४ जनाले उम्मेदवार चुनावी मैदानमा छन् ।
सत्तारुढ गठबन्धनले दुवै सिटमा साझा उम्मेदवार खडा गरेको छ भने नेकपा एमाले र प्रदेशको प्रमुख प्रतिपक्ष लोसपा नेपाल गठबन्धन बनाएर एक–एक सिटमा उम्मेदवारी दिएका छन् ।
सत्तारुढ गठबन्धनमा माओवादी केन्द्रबाट उर्मिला अर्याल, जसपाबाट मोहम्मद खालिद सिद्दिकीसँग एमाले–लोसपा गठबन्धनका रूपा यादव र उस्मान अन्सारीको प्रतिस्पर्धा छ । मधेस प्रदेशमा मतभारको आधारमा काँग्रेस–माओवादी–जसपा–एकीकृत समाजवादी गठबन्धनबाट उम्मेदवारले सहजरुपमा जित हासिल पार्ने आँकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’