शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तसलिमा नसरिनको सरोगेसीबारे गरिएको ट्वीटमाथि विवाद भएपछि स्पष्टिकरण दिँदै भनिन्, ‘त्यसको प्रियंका–निकसँग कुनै लेनदेन छैन’

मङ्गलबार, ११ माघ २०७८, १० : ४४
मङ्गलबार, ११ माघ २०७८

प्रियंका चोपडा र निक जोनस हालै सरोगेसीमार्फत् आमाबुवा बनेका छन् । उनीहरुले छोरी जन्मिएको खबर सोसल मिडियामा दिएपछि बंगलादेशी चर्चित लेखिका तथा महिलावादी तसलिमा नसरिनले सोसल मिडियामा सरोगेसीमार्फत् अभिभावक बनेका माथि निशाना साँधेकी थिइन् । तसलिमाले सरोगेसीमार्फत् जन्मिएका बच्चालाई रेडिमेड बेबीसम्म भनेकी थिइन् । उनको यो बयानमाथि प्रयोगकर्ताले  उनलाई बेस्सरी ट्रोल गरे । त्यसपछि तसलिमाले पोस्ट सेयर गरेर आफ्नो बयानमा स्पष्टिकर दिएकी छिन् । 

तसलिमा नसरिनले सोसल मिडिया पोस्टमा सेयर गरेर लेखिन्, ‘मेरो सरोगेसीको पोस्ट, सरोगेसीमाथि मेरो भिन्न धारणाबारे हो । यसको प्रियंका चोपडा र निक जोनससँग कुनै लेनदेन छैन । म यो जोडीलाई प्रेम गर्छु । सरोगेसीमाथि मेरो धारणाको विषयमा मानिसले मलाई गाली गरिरहेका छन् । उनीहरुले भाडाको कोखविरुद्ध बोल्नु मेरो पुरानो सोच भएको बताएका छन् । घर नभएका बच्चालाई पाल्नुहोस् तर गरिब महिलाको शारीरिक शोषण नगर्नुहोस् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप