शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका चोपडा सरोगेसीमार्फत् आमा बनेपछि उठे प्रश्न : तसलिमा नसरिनले बच्चालाई भनिन्, ‘रेडिमेड बेबी’

आइतबार, ०९ माघ २०७८, १६ : ४२
आइतबार, ०९ माघ २०७८

 

बलिउड नायिका प्रियंका चोपडाले आफू सरोगेसीमार्फत् आमा बनेको खबर दिएर सबैलाई चकित पारेकी थिइन् । उनको यो खबरले धेरैलाई खुसी त बनायो तर धेरैले उनीमाथि प्रश्न पनि उठाएका छन् । यस्तै, बंगलादेशकी चर्चित लेखिका तसलिमा नसरिनले पनि यसबारे ट्वीट गरेकी छिन् । तसलिमाले आफ्नो ट्वीटमा सरोगेसीमार्फत् जन्मिने बच्चालाई रेडिमेड बेबी बताएकी छिन् । 

प्रियंका चोपडा एक्ली नायिका होइनन् जसले सरोगेसीमार्फत् सन्तान सुख प्राप्त गरेकी छिन् । वास्तवमा सरोगेसी ती जोडीका लागि वरदान मानिन्छ जसलाई विभिन्न खालका स्वास्थ्य समस्या छन् । 

तर प्रियंकाले आफ्नो आमा बन्ने इच्छा सरोगेसीमार्फत् पूरा गरिन् । प्रियंकाले आफू सरोगेसीमार्फत् आमा बनेको कुरा सार्वजनिक भएपछि तसलिमाले यसबारे आफ्नो धारणा पोखेकी छिन् । उनले लेखेकी छिन्, ‘सरोगेसीमार्फत् रेडिमेड बच्चा पाउने आमाले कस्तो महसुस गछिन् होला ?’

उनले थपिन्, ‘के उनलाई ती बच्चाप्रति त्यस्तै महसुस हुन्छ जुन एक आमाले आफ्नो बच्चा जन्माएपछि महसुस गर्छिन् ?’ यस्तै गरी अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘कोही आवश्यकतामा परेका आमा–बुवाले यस्तो गरेको छन् भने, म त्यो अवस्था बुझ्छु । तर तपाईं आफूलाई जोगाउन यस्तो गर्नुहुन्छ भने त्यो निकै गलत हो । जब बलिउड जोडीले यस्तो गर्छन् तब असाध्यै घृणा लाग्छ ।’

समर्थनमा उत्रिए प्रशंसकः

उनको ट्वीटको केही बेर पछि प्रियंका चोपडाका प्रशंसक उर्लिएका छन् । उनीहरुले एकपछि अर्को गर्दै समर्थनमा विभिन्न ट्वीट गरेका छन् । एक ट्वीटर प्रयोगकर्ताले लेखे, ‘केही मानिस कति धेरै लापरवाह हुन्छन् । एक महिलाले सरोगेसीमार्फत् आमा बन्दा उनको विरोध गरिरहेका छन् । ’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘यी बच्चालाई रेडिमेड बच्चा भन्नु कति धेरै असंवेदनशील ?’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप