काठमाडौँ उपत्यकामा ८८२ जना कोरोना सङ्क्रमित अस्पताल भर्ना

कोरोनाभाइरस कोभिड १९ सङ्क्रमणका कारण काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा ८८२ जना भर्ना भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका ११ वटा अस्पतालका जेनेरल, एचडीयू, आईसीयू र भेन्टिलेटरमा ८८२ जना बिरामी उपचाररत छन् ।
सशस्त्र प्रहरी बल अस्पताल, श्री वीरेन्द्र अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,त्रिबि शिक्षण अस्पताल, पाटन अस्पताल,निजामती कर्मचारी अस्पताल,भक्तपुर अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र धुलिखेल अस्पताल गरी ११ अस्पतालमा सङ्क्रमित उपचार भइरहेको छ । ११ वटै अस्पतालमा ३४१ जेनेरल वार्ड, ४२७ एच.डी.यू.,८८ आईसीयू र २६ भेन्टिलेटरमा बिरामी उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यस्तै, पिसिआर परीक्षण भने देशभरका १०४ वटा प्रयोगशालाबाट भइरहेको छ । जसमध्ये सरकारी ५९ वटा प्रयोगशाला र निजी ४५ प्रयोगशालाबाट परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान