सक्रिय संक्रमित ८२ हजार नाघे, २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना पुष्टि
सोमबार, १० माघ २०७८, १६ : १६
पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा निको हुनेको संख्या भने २५४० जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ । हाल कुल संक्रमित भने एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १५ हजार १७८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख १८ हजार ४४८ जना रहेका छन् । संक्रमितमध्ये ८ लाख २४ हजार २३९ जना निको भएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ३७१ जनाले खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण