निर्वाचन आयोगको पत्र संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर
राप्रपाले निर्वाचन आयोगले पठाएको पत्र संविधानको मर्म र भावना विपरीत भएको ठहर गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले आयोगको पत्र संविधान र भावना विपरीत भएको ठहर गरेको हो।
राप्रपाले निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा यस सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने समय निर्णय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए । निर्वाचन आयोगले गत माघ २ गते पत्र काटेर राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र शब्दावली हटाउन भनेको थियो भने झण्डामा गाई समेत नराख्न भनेको थियो ।
यसबारे पदाधिकारी बैठकपछि जारी विज्ञप्तिमा राप्रपाले भनेको छ, ‘निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित सनातन हिन्दु राष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न भन्ने वाक्यांश संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएकाले सो वाक्यांश हटाइ नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुकुल हुने गरी उल्लेख गर्नुहुन भनि पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर छ ।’
गाई राप्रपाको झण्डामा र चुनाव चिन्हको रुपमा समेत प्रयोग भइ स्थानीय तह, प्रादेशिक तथा संघीय निर्वाचनमा समेत निर्वाचित भएको सन्दर्भमा आयोगको निर्देशन पूर्वाग्रही देखिएको राप्रपाको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
