राप्रपाको झण्डाबाट गाई हटाउन आयोगको निर्देशन, थापाको आपत्ति
निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डामा रहेको गाईको तस्बिर हटाउन निर्देशन दिएको प्रति पूर्व अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । गत माघ २ गते नै आयोगले पत्र पठाएर संशोधित विधान र नियमावली ७ दिनभित्र पेस गर्न पार्टीलाई निर्देशन दिएको थियो । उक्त पत्रको बारेमा वर्तमान नेतृत्वले हालसम्म लुकाएकोमा पनि थापाले असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपालको राष्ट्रिय जनवारको तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने भन्दै आयोगले राप्रपाको विधानको धारा ४(क) मा उल्लेखित झण्डाको मध्य भागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई सोही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न भनेको छ ।
त्यस्तै, विधानको प्रस्तावको बुँदा ४ मा उल्लेखित सनातन हिन्दुराष्ट्र एवम् राजसंस्थासहितको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको भावना तथा प्रस्तावनाविपरीत भएको भन्दै हटाउन आयोगले निर्देशन दिएको छ ।
निर्वाचन आयोगले राप्रपा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली तथा झण्डाबाट 'गाई'हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित छ।अस्विकार्य छ।विगतको यस्तै निर्णय संघर्षबाट हामीले उल्टाएका थियौँ।माघ २गते आयोगले पठाएको पत्र वर्तमान नेतृत्वले किन लुकाएर राखेको छ? pic.twitter.com/wUUz0dDIm0
— Kamal Thapa (@KTnepal) January 22, 2022


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण