बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सम्बन्धविच्छेदको उत्सव मनाउनुपर्छ’ धनुषको विवाह टुटेपछि राम गोपाल वर्माको विवादित ट्वीट

मङ्गलबार, ०४ माघ २०७८, १५ : १०
मङ्गलबार, ०४ माघ २०७८

दक्षिण भारतका अभिनेता धनुष र ऐश्वर्या रजनीकान्तले १८ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गरेको खबर सोसल मिडियामार्फत् दिए । एकातिर यी दुईका प्रशंसक उनीहरुको वैवाहिक सम्बन्ध टुटेकोमा दुःखी भइरहेका छन् भने अर्कातिर निर्माता–निर्देशक राम गोपाल वर्माले विवाह र सम्बन्धविच्छेदको मुद्दामा आफ्नो भिन्न धारणा व्यक्त गरेका छन् । राम गोपाल वर्माले एकपछि अर्को गर्दै विवाहलाई समाजमा पूर्वजले थोपरिदिएको एउटा खराब रिवाज भएको बताएका छन् ।

राम गोपाल वर्माले तीनवटा ट्वीट्स गरेका छन् । पहिलो ट्वीटमा उनले लेखे, ‘सम्बन्धविच्छेदको उत्सवमात्रै सङ्गीतसहित मनाउनुपर्छ किनभने तपाईं एउटा बन्धनबाट मुक्त हुनुहुन्छ र एक–अर्काको खतरनाक गुण थाहा पाउने प्रक्रियामा विवाह भने गोप्य रुपमा गर्नुपर्छ ।’

दोस्रो ट्वीटमा उनले लेखे, ‘विवाह सबैभन्दा खराब रिवाज हो जुन हाम्रा पूर्वजले हामीमाथि थोपरिदिएका छन्, दुःख र पीरको निरन्तर चक्रलाई घुमाइरहनका लागि ।’

प्रयोगकर्ताको प्रतिक्रियाः

राम गोपाल वर्माले यी ट्वीटमा उनले धनुष र ऐश्वर्या रजनीकान्तको नाम त लिएका छैनन् तर उनले तिर त्यतैतिर हानेको धेरैले बताइरहेका छन् । कतिले उनको अभिव्यक्तिमा आपत्ति जताइरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन, ‘तपाईंको अर्थ यो हो कि हरेक तेस्रो, पाँचौँ दिन मानिसले नयाँ प्रेमको खोजी गर्नुपर्छ... तर यो अमेजनमा पाइने चिज होइन है सर ।’

अर्का एक प्रयोगकर्ताले लेखे, ‘विवाह कुनै नाटक होइन वा यो कुनै खेल होइन कि जसमा मन लागे प्रवेश हुने, नलागे बाहिरिने । यो दुई मुटुबीचको गहिरो सम्बन्ध हो । आजकाल मानिस कुनै ठूला कारण बिना नै निकै सजिलै वैवाहिक जीवन तोड्ने गर्छन् ।’

 


अर्का एक प्रयोगकर्ताले राम गोपालको पोस्टमा लेखे, ‘वर्मा जी, तपाईं त पश्चिमी देशमा जन्मिनुपर्ने जहाँ गे, लेस्बियन, ट्रान्स सेक्सुअल संस्कृति छ । विवाह र परिवारको संरचनाले समाजलाई सही दिशा दिन्छ । जो जीवन केही होइन तर सम्झौता गर्नु र बाँच्नु त पर्छ नै । नभए मानिस र पशुमा के को भिन्नता ? ’

यस्तै कतिले राम गोपालको समर्थन पनि गरेका छन् । कतिले विवाहलाई लङ टर्म अट्र्याक्सनसमेत भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप