शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एश्वर्या राजनीकान्तकी साथी श्रुती हसनसँग धनुषको अफेयरको थियो चर्चा, त्यतिबेलै चलेको थियो विवाह टुट्न लागेको हल्ला

मङ्गलबार, ०४ माघ २०७८, १४ : १५
मङ्गलबार, ०४ माघ २०७८

साउथ अभिनेता धनुष र उनकी श्रीमती ऐश्वर्या रजनीकान्तले भिन्न बाटो रोजेका छन् । यी दुईले सोमबार अबेर राती सोसल मिडिया पोस्टमा आफूहरु छुट्टिएको जानकारी साझा गरे । १८ वर्षसम्म चलेको धनुष र ऐश्वर्याको वैवाहिक जीवनबारेको समाचारले सबैलाई ठूलो झट्का दिएको छ । तर उनीहरुको सम्बन्धमा खटपटको कुरा पहिला पनि एकपटक चर्चामा आएको थियो । आउनुहोस्, आखिर के कारणले धनुष र ऐश्वर्याको सम्बन्धमा तित्तता आएको थियो भन्नेबारे जानकारी लिऔँ ।

धनुष र ऐश्वर्याबीचको खटपटको कारण अरु कोही नभई ऐश्वर्याकी बाल्यकालकी साथी तथा कमल हासनकी छोरी श्रुति हासन थिइन् । सन् २०११ मा ऐश्वर्याको डायरेक्टोरियल डेब्यू ‘थ्री’ का बेला धनुष र फिल्मकी मुख्य अभिनेत्री श्रुति हासनबीच अफेयरको कुरा सार्वजनिक भएको थियो । त्यतिबेला यी दुई अत्यधिक निकट भएको बताइन्छ ।

भारतीय सञ्चार माध्यमले धनुष र ऐश्वर्याको विवाह टुट्टे खतरामा पुगेको पनि बताउने गर्दथ्यो । यी खबरले यति चर्चा बटुलेको थियो कि पछि श्रुति हासनले यसमा स्पष्टिकरण नै दिनुपरेको थियो । उनले फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा यी खबरलाई गलत बताएकी थिइन् । श्रुतिले रिस पोख्दै उनी सबैलाई यसबारे स्पष्टिकरण दिँदै नहिँड्ने पनि बताएकी थिइन् ।

श्रुतिले धनुषसँग आफ्नो सम्बन्धबारे पनि कुरा गर्दै भनेकी थिइन्, ‘धनुष इन्डष्ट्रिमा मेरा निकै मिल्ने साथी हुन् । उनले काममा मलाई सधैँ मद्दत गरेका छन् । मानिसहरुले हाम्रा बारे जे पनि बकवास गर्छन् । तर यसो भयो भन्दैमा म हाम्रो दोस्तीलाई कम हुन दिन्नँ । मानिसहरुले के भन्छन् त्यसको मैले कुनै पर्वाह गरिनँ ।’

श्रुतिले यो पनि भनेकी थिइन् कि फिल्म थ्रीमा मुख्य भूमिका निभाउनका लागि धनुषले नै उनलाई प्रोत्साहित गरेका थिए । श्रुतिले भनेकी थिइन्, ‘मलाई थाहा छ कि हज्जारौँ अफवाह छन् । मेरा लागि, यो कुनै व्यक्तिसँगको एउटा विशेष सम्बन्ध हो । धनुष मेरा निकै मिल्ने साथी हुन् किनभने कसैलाई पनि लागेको थिएन कि थ्रीमा मैले यो पाटो गर्न सक्नेछु, उनी मेरो पक्षमा रहे र मैले यो गर्न सक्छु भनेर सबैलाई भनिरहे । यो काममा मानिसहरुले तपाईंलाई विश्वास गर्न आवश्यक छ । म उनको ऋणी छु र हामीबीच निकै राम्रो सम्बन्ध छ । हामीबीच कुराकानी गर्न धेरै कुरा हुन्छ ।’

पछि धनुषकी श्रीमती ऐश्वर्या रजनीकान्तले यी खबरलाई गलत बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘खबर कुनै आधारबिनाको हो र झुटो मात्रै हो । ’

फिल्म थ्रीले बक्स अफिसमा राम्रोसँग चल्यो र तीनवटा फिल्मफेयर अवार्ड पनि जित्यो । फिल्मको गीत ‘ह्वाई दिस कोलाभेरी दि’ पनि असाध्यै चर्चित भयो जसमा धनुषले आफ्नो आवाज दिएका थिए ।

धनुष र ऐश्वर्याको प्रेम कहानीको सुरुवात एक सिनेमाघरमा भएको थियो । धनुषले बताए अनुसार उनीहरु ‘कन्धाल कोन्डाइन’ फिल्मको पहिलो शो हेर्न परिवारसँग गएका थिए । फिल्म सिद्धिएपछि सिनेमाघरका मालिकले धनुषलाई रजनीकान्तकी छोरीसँग भेट गराइदिए ।

त्यसको भोलिपल्ट ऐश्वर्याले फूलको गुच्छामा  ‘गुड वर्क किप इन टच’ लेखेर धनुषलाई पठाइन् । धनुषका अनुसार ऐश्वर्याको यो कुरालाई उनले केही बढी नै सिरियसली लिए ।

केही वर्ष डेट गरेपछि सन् २००४ मा यी दुईले विवाह गरे । विवाहको दुई वर्षपछि उनीहरुले आफ्नो पहिलो सन्तान यात्रालाई स्वागत गरे । त्यसको चार वर्षपछि सन् २०१० मा उनीहरुको दोस्रो छोरा लिङ्गाको जन्म भयो , यी १८ वर्षमा यी दुईको सम्बन्ध निकै गहिरो रह्यो । धनुषले आफ्नो सेपरेशन पोस्टमा पनि यसबारे कुरा गरेका छन् । तर अब यी दुई अलग्गिइसकेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप