मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्ड अध्यक्षमा दोस्रोपटक १५ जनाको आवेदन

बिहीबार, २९ पुस २०७८, १७ : ४६
बिहीबार, २९ पुस २०७८

नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि दोस्रोपटक सूचना प्रकाशन गर्दा १५ जनाको आवेदन परेको छ । डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाईँ, डा. नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अम्गाईं, रमेशकुमार हमाल, सीताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरी र हेमन्त बस्यालले आवेदन दिएका हुन् । 

यी मध्ये अधिकांशले अघिल्लो पटक पनि आवेदन दिएका थिए । गत कात्तिक ११ गते छनोट तथा सिफारिस समितिले धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन मागेको थियो ।  तर, छनोट समिति र प्रकृयामा राजनीति हावी भएपछि सो प्रकृया रद्द गरी नयाँ पुस १५ गते दोस्रोपटक आवेदन मागिएको थियो । 


सर्वोत्तम सिमेन्टको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) मा संलग्न तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गानालाई असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो । त्यसयता बोर्ड अध्यक्षविहीन छ । 

अघिल्लो पटक ११ जनाले बोर्ड अध्यक्ष पदमा आवेदन दिएका थिए । बोर्डका कार्यकारी निर्देशन निरज गिरी र उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य, नेप्सेका पूर्व सीईओ सीताराम थपलिया, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ, डा. केशवप्रसाद श्रेष्ठ, अनिल पौडेल, रमेश हमाल, जीवन अम्गाईं र कृष्ण आचार्यको आवेदन परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप