नारायणहिटी संग्रहालयको जग्गा प्रकरणमा मुछिएका दाहालले दिए राजीनामा
मङ्गलबार, २७ पुस २०७८, १५ : १७
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् । नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई क्याफेटेरिया (रेष्टुरेन्ट) सञ्चालनका लागि ठेक्का दिएको प्रकरणमा विवादमा मुछिएका उनले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएका हुन् ।
दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेले रातोपाटीलाई जानकारी दिए । जग्गा ठेक्काको सम्बन्धमा छानबिन गर्न मन्त्रालयले बनाएको छानबिन समितिले दाहालले जिम्मेवारी पूरा नगरेको र सेटिङमा उनको समेत संलग्नता देखिएकाले उनलाई कारबाही गर्नुपर्ने निष्कर्षसहित सोमबार प्रतिवेदन सार्वजनिक गरेको थियो ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
