लिपुलेकमा सडक विस्तार नेपालको भौगोलिक अखण्डता र स्वाधीनताको गम्भीर उल्लंघन : एकीकृत समाजवादी
नेकपा (एकीकृत समाजवादी)ले लिपुलेकमा भारतले सडक विस्तार गरेकोप्रति आपत्ति जनाएको छ । सोमबार एकीकृत समाजवादीका विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी गैर कानुनी रूपमा भारतले लिपुलेकमा सडक विस्तार गरेको बताएका हुन् ।
‘नेपाल सरकारसँग कुनै छलफल विना गरिने विकास निर्माणको काम गैर कानुनी र नेपालको भौगोलिक अखण्डता र स्वाधीनताको गम्भीर उल्लङ्घन हो,’ पूर्व प्रधानमन्त्री खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेपालको भूमि लिपुलेकमा सडक बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइप्रति एकीकृत समाजवादीको ध्यानाकर्षण भएको खनालको भनाइ छ ।
लिपुलेक कालापानी र लिम्पियाधुरा नेपालको सार्वभौम क्षेत्र भएको भारत सरकारलाई राम्रोसँग थाहा भएको एकीकृत समाजवादीले जनाएको छ । आफ्नो भूमिको रक्षाका लागि नेपाल सरकारलाई आवश्यक कदम चाल्न खनालको आग्रह छ । ‘हाम्रो पार्टीले सडक निर्माणको घोर भर्त्सना गर्दछ । साथै सरकारलाई आफ्नो क्षेत्रको रक्षाका लागि आवश्यक कदम चाल्न हाम्रो आग्रह छ,’ विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण