मोदीको अभिव्यक्तिप्रति विप्लव समूहको आपत्ति
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभागबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौंडा र विस्तार गर्ने गरेको घोषणाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपाको अन्तर्राष्ट्रिय विभागले सोमबार विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूभागबाट चीनको मानसरोवर जोड्ने बनाइएको बाटो चौँडा र विस्तार गर्ने घोषणाप्रति नेपाल सरकार मौन बस्नु देश र जनताका लागि शर्मनाकको विषय बनेको बताएको छ ।
नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकबाट आफ्नो सैनिक फिर्ता लैजानुको सट्टा मानसरोवर जोड्न बनाइएको बाटो चौडा र विस्तार गर्ने मोदीको घोषणाप्रति ध्यानाकर्षण भएको जनाएको विप्लव समूहले सो घोषणाप्रति मौन बस्ने नेपाल सरकारको रवैया देश र देश र जनताका लागि शर्मनाक विषय भएको बताएको हो ।
यस्तो छ विभागका इन्चार्ज कञ्चनले जारी गरेको विज्ञप्ति
भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भू–भाग लिम्पियाधुरा, कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणाले हाम्रो पार्टीको ध्यानाकर्षण गरेको छ । नेपाली काँग्रेस नेतृत्वमा बनेको नेपाल सरकार भारतीय रवैयाप्रति चुप लागेर बस्नु, नेपालका लागि भारतको दलाली गर्नु, उसको साम्राज्यवादी नीतिप्रति दब्बुपना देखाउनु देश र जनताका लागि शर्मनाक विषय हो ।
हाम्रो पार्टी भारत सरकारलाई यो साम्राज्यवादी हर्कत तुरुन्त बन्द गर्न जोडदार अपिल गर्दछ र नेपाल सरकारलाई तुरुन्त कूटनीतिक पहलबाट त्यस क्षेत्रको सार्वभौमिकताको सुरक्षा सुनिश्चित गर्न जोडदार माग गर्दछ । साथै लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका जनताको जनगणना गर्नबाट भारतले रोकावट गर्नु नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप हो । कूटनीतिक पहलबाट यी मुद्दाहरु सल्ट्याउन पनि हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ।
कञ्चन
इन्चार्ज
मिति : २६ पुस, २०७८ (१० जनवरी, २०२२)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण