शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा बढ्दैछ कोरोना संक्रमण : एकै दिन ३६९ जना संक्रमित थपिए

शुक्रबार, २३ पुस २०७८, २३ : ००
शुक्रबार, २३ पुस २०७८

ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै देशभर कोरोनाभाइरस संक्रमण पुनः बृद्धि भएको छ । काठमाडौँ उपत्यकामा दिनहुँ थपिने संक्रमितको संख्या सबैभन्दा बढी रहेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये अधिकांश काठमाडौँ उपत्यकाकै रहेका छन् । 

उपत्यकामा शुक्रबार ३६९ जना संक्रमित थपिएका छन् जबकि बिहीबार ३१० जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौँ जिल्लामा मात्र २८४ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ६२ तथा भक्तपुरमा २३ जना संक्रमित थपिएका छन् । काठमाडौँबाहिर मोरङमा २९, चितवनमा २०, कास्कीमा १३ र दाङमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, देशभर थप ९६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पुस २२ र २३ गते नाकामा गरिएको तथ्यांक समावेश रहेको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप