काठमाडौँमा बढ्दैछ कोरोना संक्रमण : एकै दिन ३६९ जना संक्रमित थपिए
ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै देशभर कोरोनाभाइरस संक्रमण पुनः बृद्धि भएको छ । काठमाडौँ उपत्यकामा दिनहुँ थपिने संक्रमितको संख्या सबैभन्दा बढी रहेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये अधिकांश काठमाडौँ उपत्यकाकै रहेका छन् ।
उपत्यकामा शुक्रबार ३६९ जना संक्रमित थपिएका छन् जबकि बिहीबार ३१० जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौँ जिल्लामा मात्र २८४ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ६२ तथा भक्तपुरमा २३ जना संक्रमित थपिएका छन् । काठमाडौँबाहिर मोरङमा २९, चितवनमा २०, कास्कीमा १३ र दाङमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, देशभर थप ९६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पुस २२ र २३ गते नाकामा गरिएको तथ्यांक समावेश रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

