काठमाडौँ उपत्यकामा एकै दिन थपिए ३ सय १० जना सङ्क्रमित
बिहीबार, २२ पुस २०७८, १७ : २२
देशमा पछिल्लो दिनमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेको छ । लामो समयदेखि कोरोना सङ्क्रमितको सङ्ख्या स्थिर रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्यामा वृद्धि देखिएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ५४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ९९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४७८ तथा एन्टिजेन विधिबाट ६२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
थपिएका सङ्क्रमित मध्ये अधिकांश काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँ जिल्लामा मात्र पछिल्लो २४ घण्टामा २ सय २१ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ५९ तथा भक्तपुरमा ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । उपत्यकाबाहिर कास्कीमा १८ तथा सुनसरी जिल्लामा १६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
