बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा एकै दिन थपिए ३ सय १० जना सङ्क्रमित

बिहीबार, २२ पुस २०७८, १७ : २२
बिहीबार, २२ पुस २०७८

देशमा पछिल्लो दिनमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेको छ । लामो समयदेखि कोरोना सङ्क्रमितको सङ्ख्या स्थिर रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्यामा वृद्धि देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ५४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ९९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४७८ तथा एन्टिजेन विधिबाट ६२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

थपिएका सङ्क्रमित मध्ये अधिकांश काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँ जिल्लामा मात्र पछिल्लो २४ घण्टामा २ सय २१ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ५९ तथा भक्तपुरमा ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । उपत्यकाबाहिर कास्कीमा १८ तथा सुनसरी जिल्लामा १६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप