बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बढे कोरोना संक्रमित, ५०० जना बढीमा संक्रमण पुष्टि

बिहीबार, २२ पुस २०७८, १७ : १८
बिहीबार, २२ पुस २०७८

पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो दिन ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा बिहीबार १०५ जना बढी अर्थात ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार देशभर ३९३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने सोमबार सोमबार ३२६ र आइतबार २१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

सोही अवधिमा १ जनाले ज्यान गुमाउँदा २७१ जना निको भएका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९९ वटा नमुना परीक्षण भएको थियो । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३० हजार ४८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ४४५ जना पुगेको छ।  संक्रमितमध्ये हालसम्म ८ लाख १३ हजार ४४७ जना निको भएका छन् । 

यस्तै हाल देशभर कोरोनाबाट ११ हजार ६०२ जनाको मृत्यु भएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप