आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचनसँगै सत्तारुढ दलको चुनावी गठबन्धन टुंगिन्छ : गगन थापा

बुधबार, २१ पुस २०७८, १७ : ४९
बुधबार, २१ पुस २०७८

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सत्तारुढ दलको चुनावी गठबन्धन राष्ट्रिय सभा निर्वाचनसँगै टुंगिने बताएका छन् । शेखर कोइराला समूहको बुधबार बसेको बैठकमा बोल्दै महामन्त्री थापाले गठबन्धन सरकार संसदीय चुनावसम्मै जान अफ्ठ्यारो नभएपनि चुनावी गठबन्धन भने राष्ट्रियसभा निर्वाचनसँगै अन्त्य हुने धारणा राखे । 

‘स्थानीय तहदेखि संघसम्म पार्टी एक्लै लड्छ । सरकार गठबन्धनमा चल्छ तर चुनावी गठबन्धन राष्ट्रिय सभा चुनावपछि टुंगिन्छ’, थापाले भने, ‘त्यसपछि गठबन्धन होइन सरकारमात्रै चुनावसम्म जान्छ । गठबन्धनकै सरकारले चुनाव गर्दा पनि चुनावी गठबन्धन भने हुन सक्दैन ।’

उनले सभापति शेरबहादुर देउवाको रणनीति आफूहरुको सरोकारको विषय नहुने भन्दै आफूहरु चाहिँ चुनावी गठबन्धनको विपक्षमा रहेको स्पष्ट पारे ।  थापाले पार्टी सञ्चालनका सम्बन्धमा देउवाको कार्यशैलीको पनि चर्को आलोचना सम्बोधनका क्रममा गरेका थिए । ‘सभापति पार्टीलाई पहिलो बनाउने भन्नुहुन्छ । तर पार्टीभित्रकै ४० प्रतिशतलाई हेपेर पार्टी कसरी पहिलो हुन्छ ?’, उनले प्रश्न गर्दै भने, ‘पार्टीलाई पहिलो बनाउने उहाँको अभियानमा हामी सहमत छौँ । तर यसरी यात्रा सफल हुँदैन ।’ 
पार्टी बलियो बनाउन देउवाले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप