शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

शेखर पक्षको भेलामा ४ बुँदेमाथि छलफल, देउवाले मनोनयनमा विभेद गरेको निष्कर्ष

बुधबार, २१ पुस २०७८, १७ : ३०
बुधबार, २१ पुस २०७८

नेपाली काँग्रेसका नेता शेखर पक्षको बैठक राजधानीको एक होटलमा बसेको छ । बैठकमा नेता कोइरालाले प्रस्तुत गरेको ४ बुँदेप्रति केन्द्रीत रहेर अन्य नेताहरुले धारणा राखिरहेका छन् । सहभागीहरुले बोल्ने क्रममा सभापति शेरबहादुर देउवा सच्चिन जरुरी रहेको भन्दै केन्द्रीय कमिटीमा १३ जनाको मनोनयनमा समेत विभेद भएको धारणा राखेका छन् । 

यस्तै बैठकमा नेताहरुले पार्टीलाई गुटबन्दी गरेर नभइ मिलाएर लैजानुपर्नेमा पनि जोड दिएका छन्।  बैठकमा सहभागी भएर बाहिरिएका नेता रामशरण महतले आफू गुटबन्दीको पक्षमा नरहेको बताए । ‘म गुटबन्दीको पक्षमा छैन । पार्टीलाई मिलाएर एकढिक्का बनाएर अघि बढाउनुपर्छ’, बैठकस्थलबाट बाहिरिने क्रममा नेता महतले भने । 

यस्तै अर्का नेता अर्जुन नरसिंह केसीले पार्टी सभापतिले नै पार्टीमा एकताको वातावरण विगारेको आरोप लगाए । यद्यपि काँग्रेसलाई कुनैपनि हालतमा दुर्घटनातर्फ जान नदिने भन्दै त्यसका लागि आफूले पनि पहल गर्ने बताए । 
यसअघि ४ बुँदे धारणा राख्दै पार्टीमा लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट गरे दुर्घटना हुने बताएका थिए ।  उनले सभापति शेरबहादुर देउवाले कुन मापदण्ड अपनाएर केन्द्रीय समिति सदस्यलाई मनोनयन गरेका हुन् भन्ने प्रश्न पनि गरेका थिए । 

‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ र तर के मापण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौँ’, उनको ४ बुँदेमा भनिएको छ, ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?’ 

उनले पार्टीलाई नयाँ उचाइमा पुर्याउने अभियानमा विश्राम नलागेको पनि बताएका थिए । उनले आगामी निर्वाचनलाई मध्यनजर गरेर आफूहरू देशव्यापी रूपमा जनतामाझ जाने पनि घोषणा गरेका थिए । 

भेलामा १४ औं महाधिवेशनमा शेखर पक्षबाट उम्मेदवार बनेकाहरुले आफ्नो धारणा राखिरहेका हुन् । भेलामा महामन्त्री गगन थापाले शेखरपछि आफ्नो धारणा राखेका थिए भने त्यसपछि अन्य नेताहरुले शेखरकै ४ बुँदेमाथि केन्द्रीत रहेर आफ्नो धारणा राखिरहेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप