शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाले 'लाइक' र 'डिस्लाइक'बाट व्यक्तिको छनोट गरेको भए पार्टीमा दुर्घटना हुन्छः शेखर कोइराला

बुधबार, २१ पुस २०७८, १५ : ५९
बुधबार, २१ पुस २०७८

काँग्रेस नेता शेखर कोइरालाले पार्टीमा 'लाइक' र 'डिस्लाइक'बाट व्यक्तिको छनोट गरे पार्टीमा दुर्घटना हुने बताएका छन् । बुधबार आफू निकटको बैठकमा ४ बुँदे धारणा राख्दै उनले सभापति शेरबहादुर देउवाले कुन मापदण्ड अपनाएर केन्द्रीय समितिमा मनोनयन गरेका हुन् भन्ने प्रश्न पनि गरेका छन् । 

‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ र तर के मापण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौँ’, उनको ४ बुँदेमा भनिएको छ, ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?’ 

उनले पार्टीलाई नयाँ उचाइमा पुर्याउने अभियानमा विश्राम नलागेको पनि बताएका छन् । 

उनले आगामी निर्वाचनलाई मध्यनजर गरेर आफूहरू देशव्यापी रूपमा जनतामाझ जाने पनि घोषणा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप