नेकपा एकीकृत समाजवादीले छान्यो ५ उम्मेदवार
सोमबार, १९ पुस २०७८, १६ : ४७

नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाका लागि ५ उम्मेदवारको नाम टुङ्गो लगाएको छ । सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।
सो पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाका अनुसार अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा, र सुदूरपश्चिमबाट मदनकुमारी साह (गरिमा) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धनका तर्फबाट १९ मध्ये ५ सिट नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार
-
१० बजे १० समाचार : राप्रपामा स्वतः पद जाने निर्णयदेखि गुणाकरलाई गभर्नरमा रोक्ने प्रयाससम्म