राष्ट्रियसभामा उम्मेदवार बन्न समानुपातिक सूचीबाट चार नेताको नाम फिर्ता

प्रमुख राजनीतिक दलहरु आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको तयारीमा जुटेका छन् । उक्त निर्वाचनका लागि उम्मेदवारी दिने समय नजिकिएसँगै राजनीतिक दलहरु आन्तरिक तयारीका साथै उम्मेदवार छान्न सुरु गरेका हुन् । त्यसका लागि उनीहरुले यसअघि समानुपातिक सुचीमा नाम राखेकाहरूको नाम धमाधम समानुपातिक सूचीबाट नाम हटाउन थालेका छन् ।
निर्वाचन आयोग स्रोतका अनुसार माओवादी केन्द्रका नेता नारायण दाहाल, जनता समाजवादी पार्टीका नवराज सुवेदी र राष्ट्रिय जनमोर्चाका नेता राजेश विश्वकर्माले समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएका छन् ।
सुवेदी, विश्वकर्मा र दाहालले भने सोमबार मात्रै निर्वाचन आयोगमा नाम फिर्ता लिन निवेदन दिएका छन् । आयोगले उनीहरुको नाम समानुपातिकबाट हटाएपछि मात्रै उम्मेदवार बन्न पाउने कानूनी बाध्यता छ । माओवादीका अर्का नेता मुक्तिनारायण प्रधानको नाम भने यसअघि नै समानुपातिक सूचीबाट हटिसकेको छ । राष्ट्रियसभाको उम्मेदवार बन्न समानुपातिक सूचीमा रहेको नाम सम्बन्धित दलले फिर्ता लिनुपर्ने कानूनी बाध्यता छ ।
१९ सिटको राष्ट्रियसभा चुनावमा नेपाली काँग्रेसले ६, माओवादी र एकीकृत समाजवादीले ५–५, जसपाले २ र जनमोर्चाले एक सीट लिने गरी सोमबार नै सत्तारुढ गठबन्धनले भागवण्डा गरेका छन् । गठबन्धनको भागवण्डापछि दलहरुले आ–आफ्नो आन्तरिक बैठक बसेर उम्मेदवार चयन गर्न लागेका छन् । राष्ट्रिय जनमोर्चाले आफ्नो भागमा परेको लुम्बिनीको एक सिटमा राजेश विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार