राष्ट्रियसभामा उम्मेदवार बन्न समानुपातिक सूचीबाट चार नेताको नाम फिर्ता
प्रमुख राजनीतिक दलहरु आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको तयारीमा जुटेका छन् । उक्त निर्वाचनका लागि उम्मेदवारी दिने समय नजिकिएसँगै राजनीतिक दलहरु आन्तरिक तयारीका साथै उम्मेदवार छान्न सुरु गरेका हुन् । त्यसका लागि उनीहरुले यसअघि समानुपातिक सुचीमा नाम राखेकाहरूको नाम धमाधम समानुपातिक सूचीबाट नाम हटाउन थालेका छन् ।
निर्वाचन आयोग स्रोतका अनुसार माओवादी केन्द्रका नेता नारायण दाहाल, जनता समाजवादी पार्टीका नवराज सुवेदी र राष्ट्रिय जनमोर्चाका नेता राजेश विश्वकर्माले समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएका छन् ।
सुवेदी, विश्वकर्मा र दाहालले भने सोमबार मात्रै निर्वाचन आयोगमा नाम फिर्ता लिन निवेदन दिएका छन् । आयोगले उनीहरुको नाम समानुपातिकबाट हटाएपछि मात्रै उम्मेदवार बन्न पाउने कानूनी बाध्यता छ । माओवादीका अर्का नेता मुक्तिनारायण प्रधानको नाम भने यसअघि नै समानुपातिक सूचीबाट हटिसकेको छ । राष्ट्रियसभाको उम्मेदवार बन्न समानुपातिक सूचीमा रहेको नाम सम्बन्धित दलले फिर्ता लिनुपर्ने कानूनी बाध्यता छ ।
१९ सिटको राष्ट्रियसभा चुनावमा नेपाली काँग्रेसले ६, माओवादी र एकीकृत समाजवादीले ५–५, जसपाले २ र जनमोर्चाले एक सीट लिने गरी सोमबार नै सत्तारुढ गठबन्धनले भागवण्डा गरेका छन् । गठबन्धनको भागवण्डापछि दलहरुले आ–आफ्नो आन्तरिक बैठक बसेर उम्मेदवार चयन गर्न लागेका छन् । राष्ट्रिय जनमोर्चाले आफ्नो भागमा परेको लुम्बिनीको एक सिटमा राजेश विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

