रातोपाटीकर्मी शाहीलाई धम्की दिनेलाई कानुनी दायरामा ल्याउन महासंघको माग
सुर्खेतस्थित रातोपाटीकर्मी पंखबहादुर शाहीलाई ज्यान मार्नेसम्मको धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघले माग गरेको छ ।
महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ति जारी गर्दै धम्की दिने व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षा र स्वतन्त्रतामा गम्भीर बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
सुर्खेतमा राजा वीरेन्द्रको शालिक पुनर्स्थापनासम्बन्धी समाचार लेखेको विषयलाई लिएर शाहीलाई राजकुमार शाही, भरत शाही ठकुरी, टिजंग शाहीलगायतका व्यक्तिले सामाजिक सञ्जालमार्फत गालीगलौज र भौतिक कारबाहीको धम्की दिएका थिए ।
‘प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनु पर्नेमा पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’, महासंघको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेसविरोधी यस घटनाको कडा भर्त्सना गर्दछ । र, धम्की दिने व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षा र स्वतन्त्रतामा गम्भीर बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’
रातोपाटी अनलाइनमा पुस १५ गते बिहीबार वीरेन्द्रचोकमा वीरेन्द्रको शालिक पुनर्स्थापनासम्बन्धी समाचार प्रकाशित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण