महाधिवेशन प्रतिनिधिको प्रश्न : हेटौंडाको उत्पादन ब्रिगेड कता हरायो ?
नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले हेटौंडा महाधिवेशनले पारित गरेको उत्पादन ब्रिगेड कता हरायो ? भनेर नेतृत्वसमक्ष प्रश्न गरेका छन् । बिहीबारको बन्दसत्रमा गण्डकी प्रदेशका तर्फबाट नेता देवेन्द्र पराजुलीले निश्कर्ष पेश गर्दै प्रतिनिधिहरुले उठाएका विषयबारे प्रस्तुति दिएका थिए । त्यसक्रममा उनले ‘हेटौडा महाधिवेशनको उत्पादन ब्रिगेड कता हरायो ? समीक्षा गरौँ’ भनेर प्रश्न गरिएको बताए ।
त्यस्तै राजनीति सेवा हो कि व्यवसाय ? प्रस्ट पार्नुपर्ने, पार्टीमा परिवार केन्द्रीत र गुट केन्द्रित प्रवृति तोड्नुपर्ने, मन्त्री बनेपछि जागिर खाने हो कि काम गर्ने ? प्रस्ट पार्नुपर्ने भन्दै प्रश्न गरिएको बताए । उनले सांसद छनोटमा विकृति आएको र एउटै व्यक्ति पटक पटक छानिएको भन्दै पार्टीको केन्द्रीय समिति समेत ठुलो भएकोमा आलोचना भइरहेको बताए ।
उनले पार्टी केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण अनिवार्य पार्टीमा बुझाउनुपर्ने व्यवस्थाको समेत माग आएको बताए ।
यसअघि समाचारमा पराजुली हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण