महाधिवेशन प्रतिनिधिको प्रश्न : हेटौंडाको उत्पादन ब्रिगेड कता हरायो ?
नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले हेटौंडा महाधिवेशनले पारित गरेको उत्पादन ब्रिगेड कता हरायो ? भनेर नेतृत्वसमक्ष प्रश्न गरेका छन् । बिहीबारको बन्दसत्रमा गण्डकी प्रदेशका तर्फबाट नेता देवेन्द्र पराजुलीले निश्कर्ष पेश गर्दै प्रतिनिधिहरुले उठाएका विषयबारे प्रस्तुति दिएका थिए । त्यसक्रममा उनले ‘हेटौडा महाधिवेशनको उत्पादन ब्रिगेड कता हरायो ? समीक्षा गरौँ’ भनेर प्रश्न गरिएको बताए ।
त्यस्तै राजनीति सेवा हो कि व्यवसाय ? प्रस्ट पार्नुपर्ने, पार्टीमा परिवार केन्द्रीत र गुट केन्द्रित प्रवृति तोड्नुपर्ने, मन्त्री बनेपछि जागिर खाने हो कि काम गर्ने ? प्रस्ट पार्नुपर्ने भन्दै प्रश्न गरिएको बताए । उनले सांसद छनोटमा विकृति आएको र एउटै व्यक्ति पटक पटक छानिएको भन्दै पार्टीको केन्द्रीय समिति समेत ठुलो भएकोमा आलोचना भइरहेको बताए ।
उनले पार्टी केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण अनिवार्य पार्टीमा बुझाउनुपर्ने व्यवस्थाको समेत माग आएको बताए ।
यसअघि समाचारमा पराजुली हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता